एनएमबि क्यापिटलको सञ्चालक समितिले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दीपेशकुमार वैद्यलाई नियुक्त गरेको छ । वैद्य स्वदेशी तथा विदेशी मर्चेन्ट बैंकिङ क्षेत्रमा २० वर्षभन्दा बढी अनुभवी रहेको जनाइएको छ ।
उनी यसअघि विभिन्न स्वदेशी मर्चेन्ट बैंकिङ कम्पनीहरूमा प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्य अनुभव रहेको कम्पनीले जनाएको छ । उनले आइतबारदेखि आफ्नो कार्यभार सम्हालिसकेको जनाइएको छ ।