१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ६ आइतबार
  • Sunday, 11 May, 2025
२o७८ चैत ६ आइतबार १६:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत ६ आइतबार १६:५९:oo

लमजुङको क्व्होलासोंथर गाउँपालिका–३ मा पर्ने घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा गरिने भएको छ। स्मार्ट भिलेजको रूपमा परिचित घलेगाउँलाई आगामी वैशाख २ मा सुखी गाउँ घोषणा गर्न लागिएको हो।

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले घलेगाउँलाई सुखी गाउँ घोषणा गर्ने कार्यक्रम तय भएको घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले जानकारी दिए।

समुद्र सतहबाट दुई हजार १ सय मिटर उचाइमा रहेको घलेगाउँमा पाँचदशक पुराना टिनका छाना फेरेर राता रंगीन जस्ताले गाउँलाई सजाइएको छ। दुईदशकको आन्तरिक पर्यटन विकासले घलेगाउँलाई दक्षिण एसियामै नमुना ग्रामीण पर्यटकीय गाउँका रूपमा प्रख्यात बनाएको छ। गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ), गण्डकी प्रदेशलगायतका निकायले उत्कृष्ट होम स्टेको श्रेणीमा राखेको घलेगाउँ दुईपटक दक्षिण एसियाकै नमुना गाउँ घोषित भइसकेको छ।

२०५६ देखि यहाँका स्थानीयले पर्यटन प्रवर्धनका कार्यक्रम सुरुवात गरेका थिए । २०५७ मा १२ घरबाट होम स्टे सञ्चालन गरिएको घलेगाउँका एक सय ३५ मध्ये हाल ४२ घरमा होम स्टे सञ्चालन गरिएको छ। घलेगाउँमा दैनिक ३ सयभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने क्षमता रहेको घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ।

न्यानो आतिथ्यताका माध्यमबाट घलेगाउँमा गरिने परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई यहाँको होम स्टेले आकर्षित गर्ने गरेको छ।