मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ५ शनिबार
  • Wednesday, 12 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत ५ शनिबार १९:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

परीक्षणमा पूर्ण असफल भएका केपी ओलीलाई अब शंकाको सुविधा पनि छैन : प्रदीप पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत ५ शनिबार १९:o६:oo

कांग्रेस युवा नेता प्रदीप पौडेलले जनतालाई बाँडेका सपना र गरेको प्रतिबद्धतालाई लात हान्ने नेतृत्वले मुलुकलाई समृद्धि दिन नसक्ने बताएका छन्। प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीलाई इंगित गर्दै उनले जनतालाई बाँडेका सपना र गरेको प्रतिबद्धतालाई लात हान्ने नेतृत्वले मुलुकलाई समृद्धि दिन नसक्ने बताएका हुन्। 

गृहजिल्ला तनहुँको ऋषिङ गाउँपालिका कार्यसमितिले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पौडेलले जनतासामु परीक्षण भएर पूर्ण असफल भइसकेका ओलीलाई अब शंकाको सुविधासमेत नभएको जिकिर गरे। 

‘जनतालाई सपना बाँडेर सत्तामा पुगेपछि आफैँले बाँडेका सपना र गरेका प्रतिबद्धतालाई लात हान्ने नेतृत्वले देशलाई समृद्धि दिन सक्दैन,’ ओलीप्रति आक्रामक ढंगले प्रस्तुत भएका पौडेलले भने, ‘परीक्षणका क्रममा पूर्ण असफल भएकालाई अब शंकाको सुविधा दिने स्थिति पनि छैन।’

एमालेले गत निर्वाचनमा जारी गरेको घोषणापत्रमा उल्लेख गरेका कुनै पनि योजना कार्यान्वयनमा नै आउन नसकेको पनि उनले बताए। ‘चुनावअघि आफैँले भनेका योजना सुरुवात भएनन्। घोषणापत्रमा उल्लेख गरिएका कुनै पनि योजना कार्यान्वयन भएनन्,’ पौडेलले भने, ‘कार्यान्वयन मात्रै होइन सुरुवात हुने सम्भावना नजिकसम्म पनि पुगेनन्।’

ओली नेतृत्वको सरकारका पालामा मुलुकले केही पनि प्राप्त गर्न नसकेको उनको दाबी थियो। ‘दुईतिहाइबराबरको जनादेश पाएर पनि ओलीले ५ वर्ष सरकार चलाउन सकेनन्। जति समय चलाए त्यो अवधिमा देशले केही प्राप्त गरेन,’ उनले भने। 

जनताले दिएको दुईतिहाइलाई अलपत्र पार्ने नेताले फेरि जनतासँग मत माग्ने काम लोकतन्त्रमा नसुहाउने नेता पौडेलको भनाइ थियो।