१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १५:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

समय फल्चा पाटीको उद्घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:१२:oo

करिव २०८ वर्ष पुरानो ऐतिहासिक सम्पदा ‘समय फल्चा पाटी’को पुनर्निर्माण गरिएको छ। विभिन्न मुद्दा मामिलाका कारण पुनर्निर्माणको काम अघि बढाउन नसकिएको ललितपुरको पुल्चोकमा रहेको सो पार्टीको शनिबार बिहान उद्घाटन गरिएको हो।

२०६५ सालमा सर्वोच्च अदालतले पुनर्निर्माण गर्न आदेश दिँदा पनि बन्न नसकेको सो सम्पदाको पुनर्निर्माण अहिले आएर सम्पन्न गर्न पाएकोमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले खुशी व्यक्त गरे।

‘२०८ वर्ष पुरानो समय फल्चा पाटी ज्यादै महत्वको रुपमा रहेको पाटी हो। तर, अहिले यो पाताल भएर बनाउन नसकिरहेको अवस्था थियो। यसले गर्दाखेरी ललितपुर, पुल्चोकका नगरबासीलाई निकै आघात भएको थियो। र, सम्पदाप्रेमीहरु पनि चिन्तित थिए, उनले भने, योभन्दा अगाडि यो बनाउने सन्दर्भमा २०६५ सालमा सर्वोच्चले अन्तरिम फैसला गरेको थियो। त्यसमा बनाउनपर्छ, बनाउनू भन्ने थियो। तर, विभिन्न कारणले त्यो सम्भव भएको थिएन। अहिले गत चैत्र २ गते उच्च अदालत पाटनमा परेको मुद्दाको पनि फैसला भएपछि यसको उद्घाटन गर्न सम्भव भएको हो।’

सो पाटी नबनाउन माग गर्दै लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले जिल्ला अदालत पाटनमा समेत मुद्दा हालेको थियो। तर, अन्तिममा उच्च अदालतले समेत बनाउनका लागि फैसला गरेपछि यसको उद्घाटन गर्ने अवसर मिलेको मेयर महर्जनले बताए।

ad
ad