निर्वाचनकेन्द्रित निर्णय लिन चैत्र ११ मा नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठनलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यसमितिको बैठक चैत्र ११ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्न लागेको हो।