१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २७ शुक्रबार
  • Monday, 24 June, 2024
नयाँ पत्रिका काठमाडों
२o७८ फाल्गुण २७ शुक्रबार १८:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमसिसीबारे गृहमन्त्री भन्छन्- बिजुलीको तारबाट कुनै पनि देशको सेना आउन सक्दैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडों
नयाँ पत्रिका
२o७८ फाल्गुण २७ शुक्रबार १८:o२:oo

गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पास हुँदैमा अमेरिकी सेना नेपाल आउने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन्। शुक्रबार काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले यस्तो बताएका हुन्।

एमसिसी कुनै सैनिक, राजनीतिक र प्रशासनिक सम्झौता नभएर विकास साझेदारीको लागि भएको उनले स्पष्ट पारे। उनले एमसिसी प्रस्ताव संसदबाट पास हुँदैमा अमेरिकाबाट बिजुलीको तारमा सेना नभएर बिजुली नै आउने टिप्पणी गरे। 

'यो कुनै सैनिक सम्झौता होइन। कुनै राजनीतिक र प्रशासनिक सम्झौता पनि होइन। यो सम्झौता विकास साझेदारीको लागि हो। खास गरी नेपालको गरिबी निवारणको लागि नेपालमा आर्थिक गतिविधि बढाउन, भौतिक पूर्वाधार निर्माणमा तीव्रता ल्याउने तथा सडक विस्तार, विद्युतको ट्रान्समिसन लाइन तानेर विद्युतलाई जनताको घर दैलोमा पुर्याउन, बढी भएकाे विद्युतलाई छिमेकी मुलुकमा पुर्याएर बिक्री गर्ने र नेपालले व्यहोरिरहेको व्यापार घाटालाई सन्तुलनमा ल्याउन र निर्यात व्यापारलाई प्रवर्धन गर्ने मूल उद्देश्यका साथ एमसिसी ल्याएको हो। बिजुलीको तारबाट कुनै पनि देशको सेना आउँदैन सक्दैन। बिजुलीको तारबाट बिजुली नै आउँछ,' मन्त्री खाणले भने।

ad
ad
ad
ad