१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २६ बिहीबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २६ बिहीबार १५:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीलाई विश्वप्रकाशको कटाक्ष– आफ्नो ढंग सच्याउन लागे रङले पोल्दैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २६ बिहीबार १५:५५:oo

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी ओलीलाई सैद्धान्तिक र वैचारिक बहसमा सहभागी हुन सुझाव दिएका छन्। बिहीबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले मतपत्रमा कस्तो रङ राख्ने भन्ने निर्णय लिन निर्वाचन आयोग स्वतन्त्र रहेको उल्लेख गर्दै रङको विषयलाई लिएर पूर्वप्रधानमन्त्रीजस्तो व्यक्तिले खुद्रा बहस गर्न नमिल्ने तर्क गरे।

तथ्य र तर्कमा आधारित विषयमा मात्र राजनीतिक दलहरूले आयोगले गरेको निर्णयमाथि प्रश्न उठाउन सक्ने भन्दै उनले तार्किक कुरामा मात्रै प्रश्न गरी पदीय जिम्मेवारीको मर्यादा राख्न ओलीलाई सुझाव दिए। अध्यक्ष ओलीले केही दिनअघि सार्वजनिक समारोहमा मतपत्रमा हरियो रङ राख्ने आयोगको निर्णय नमान्ने अभिव्यक्ति दिएका थिए। सो अभिव्यक्तिमाथि टिप्पणी गर्दै शर्माले रङबाट नतर्सिन र मतपत्रको रङभन्दा पनि आफ्नो ढंग सच्याउन ओलीलाई सुझाव दिए।

‘कुन रङ राखिएको छ भनेर रङतर्फ भन्दा पनि आफ्नो ढंग सच्याउनतर्फ लाग्यो भने रङले कसैलाई पोल्दैन भन्ने कुरामा हामी प्रस्ट छौँ। मतपत्रमा हरियो रङ देख्नेबित्तिकै यसरी तर्सिने हो भने मतपरिणाम देखेपछि के होला ? त्यसकारण मतपत्र हेरेर नतर्सिऔँ। मत परिणाम हेरेर तर्सिनुपर्ने दिन आउला। त्यो वेला पनि नतर्सिऔँ भनेर म आग्रह गर्न चाहन्छु,’ महामन्त्री शर्माले भने।