१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार १२:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

पाँचौँ ‘ग्लोबल नेपाली फिल्म अवार्ड–२०२२’ अमेरिकाको ड्यालस सहरमा हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:o६:oo

पाँचौँ ग्लोबल नेपाली फिल्म अवार्ड–२०२२ यसपटक अमेरिकाको टेक्सस राज्यको ड्यालस सहरमा हुने भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच जुलाई २२ मा अवार्ड कार्यक्रम हुने जानकारी दिइएको हो । 

नेपाली चलचित्रकर्मीहरूलाई सम्मान, नेपाली चलचित्रलाई डायस्पोरामा प्रवर्द्धन, पुरस्कार र प्रोत्साहनका साथै विशुद्ध नेपाली फिल्मको बजार प्रवर्द्धनका लागि कलाकारबीच पुनर्मिलन, भेटघाट र संवाद गराउने अवार्डको उद्देश्य रहेको नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए । ‘अमेरिकामा ठूलो संख्यामा नेपाली कलाकारहरू बस्दै आइरहेका छन् । उनीहरू जहाँ रहे पनि नेपाल र नेपाली कलाबाट विमुख छैनन् । कति नेपालमा नै आएर चलचित्र निर्माण, अभिनय, निर्देशन वा गायनमा लागेका छन् भने कतिले त्यहीँ नै सो कार्य गरेका छन्,’ अध्यक्ष मल्लले भने, ‘त्यसैले डायस्पोरामा रहेका सक्रिय चलचित्रकर्मीहरूलाई प्रोत्साहनका लागि यसले विशेष भूमिका खेल्नेछ ।’ 

नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिका र एसोसियसन अफ नेप्लीज इन द अमेरिकाज (एएनए) ले संयुक्त रूपमा यस अवार्डको आयोजना गर्न लागेका हुन् । ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसीका अध्यक्ष तथा प्रमुख आयोजक नवराज श्रेष्ठका अनुसार अमेरिकामा बसोबास गर्ने फिल्मकर्मी र नेपालबाट केही कलाकार, निर्माता  तथा निर्देशकको उपस्थिति रहने छ । उनका अनुसार यस वर्षको एटिए एभरेष्ट इन्स्योरेन्स पाँचौ ग्लोबल नेपाली फिल्म अवार्ड म्युजिक भिडियो, संगीत, सञ्चार र सोसल अवार्ड समेत वितरण गरिनेछ । नेपाली चलचित्रर्मीलाई प्रोत्साहनसँगै विदेश भ्रमण गराउनु आफैंमा एउटा नविनतम पुरस्कार र सम्मान रहेको उनले बताए । ‘नेपाली कला क्षेत्रमा लामो समयसम्म विशिष्ट योगदान पुर्याउने चलचित्रकर्मीहरुलाई पनि सम्मान गर्ने यस कार्यक्रमको परम्परा रहेको छ’, उनले भने ।

यसअघिका चार संस्करण अमेरिकाको कोलोराडोको डेनभर सहर, क्यालिफोर्नियाको सानफ्रान्सिस्को सहरमा आयोजना गरिएको थियो । कोरोना महामारीका कारण सन्  २०२० र २०२१ मा अवार्ड आयोजना हुन सकेको थिएन ।

 

 

ad
ad