१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o७:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पोखरामा स्कोडाको सोरुम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:४८:oo

स्कोडा नेपालले पोखराको नयाँ बजारमा सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएको छ । स्कोडा गाडीको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले पोखरामा स्कोडा कार र एसयुभीको बिक्री–वितरणका लागि एसएसएल मोटर्सलाई डिलर नियुक्त गरेको हो । 

देशभर स्कोडा कारको सहज बनाउन डिलर डेभलपमेन्टलाई प्राथमिकतामा राखेर काम गर्दै आएको कम्पनीले जनाएको छ । यसैअनुरूप एमएडब्लूले पोखरामा युरोपियन मापदण्डको नयाँ सोरुम स्थापना गरेको जनाइएको छ । सोरुमको नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष ध्रुव थापा र स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले उद्घाटन गरेका थिए ।  

उद्घाटनपछि कार्यकारी निर्देशक अग्रवालले देशभर डिलर विस्तार गर्ने क्रममा पोखरामा पनि सुविधासम्पन्न सोरुम र वर्कसप स्थापना भएको बताए । उनले भने, ‘हामी निरन्तर आफ्नो डिलर नेटवर्क स्थापना गरी देशभर सहज एवं सुलभ रूपमा आफ्ना ग्राहकलाई युरोपियन कारको सहज पहुँच पुर्‍याउन प्रतिबद्ध छौँ ।’ सोरुम उद्घाटनका अवसरमा फागुन २४ र २५ गते विशेष टेस्ट ड्राइभ कार्यक्रमको आयोजना गरेको एसएसएल मोटर्सका प्रबन्ध निर्देशक सूर्य बरालले जानकारी दिए । 

ad
ad