१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २४ मंगलबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २४ मंगलबार १३:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीको केन्द्रीय कार्यसमिति बैठक काठमाडौंमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २४ मंगलबार १३:१३:oo

एकीकृत समाजवादीको केन्द्रीय कार्यसमिति बैठक यही फागुन २५ र २६ गते काठमाडौंमा बस्ने भएको छ।  बैठकमा आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउन नीतिगत रूपमा छलफल, समसामयिक राजनीतिक घटनाक्रम, देशभर संगठन विस्तार, पार्टी तथा जनवर्गीय संगठनलाई सक्रिय बनाउनेलगायतका विषयमा छलफल गरिने नेतृ दिलु पन्तले जानकारी दिइन्।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको संगठनात्मक अवस्था, एमसिसी पारित गर्नुपर्नाका कारण, पछिल्ला घटनाक्रम र विवरण समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। आगामी निर्वाचनसम्म गठबन्धनलाई कसरी निरन्तरता दिन सकिन्छ भन्नेबारे पनि छलफल हुने जनाइएको छ। उक्त बैठकमा छलफल गरिने केही महत्वपूर्ण विषयमा सोमबार बसेको पोलिटब्युरो बैठकले टुंगाे लगाएको थियो। रासस