१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २४ मंगलबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २४ मंगलबार १२:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

निर्वाचन अभियान प्रभावकारी बनाउन सभापति देउवाको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २४ मंगलबार १२:o७:oo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनलक्षित अभियानलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। निर्वाचन अभियानमा जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिलाई पार्टी केन्द्रीय कार्यालय सानेपा बोलाएर सभापति देउवाले अभियान प्रभावकारी बनाउन निर्देशन दिएका हुन्।

कांग्रेसले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई विजयी गराउने लक्ष्यका साथ फागुन २९ बाट ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्दै छ। निर्वाचनका क्रममा जिल्लामा खटिने पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई अभियान प्रभावकारी बनाउन उनले मंगलबार निर्देशन दिएका हुन्।

यसैबीच, सभापति देउवाले एमालेबाट निर्वाचित सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीलाई नेपाली कांग्रेसमा प्रवेश गराएका छन्। मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रमबीच देउवाले एमाले युवा नेता कृष्ण क्षेत्री, एमाले जिल्ला सदस्य  सुभाष सुन्दासलगायतलाई पार्टी प्रवेश गराएका हुन्।

ad
ad
ad
ad