मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ फाल्गुण २४ मंगलबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण २४ मंगलबार o८:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

 समाजमा विद्यमान पितृसत्तात्मक सोच र व्यवहार अझै कायम छ :  मन्त्री रेग्मी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण २४ मंगलबार o८:१६:oo

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले समाजमा विद्यमान पितृसत्तात्मक सोच र व्यवहार कायम रहेकाले यसलाई चिर्ने कार्यमा सहयोग गर्न सरोकारवालाई आग्रह गरेकी छिन् ।

अन्तर्राष्ट्रिय  महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मन्त्री रेग्मीले समाजमा विद्यमान पितृसत्तात्मक सोच र व्यवहारलाई निवारण गर्न नसक्नु, घरेलु हिंसा, बोक्सीको नाममा हुने ज्यादती, बलात्कार, यौनजन्य हिंसा, दाइजो प्रथा, बालविवाह, बहुविवाह, मानव बेचबिखनजस्ता स्वरूपमा विद्यमान विकृतिहरूले महिलालाई सम्मान गर्ने हाम्रो मौलिक सभ्यताको उपहास भएको उल्लेख गरिन् । 

राजनीतिक, आर्थिक एवं सामाजिक क्षेत्रमा महिलाहरूको प्रतिनिधित्व क्रमशः वृद्धि हुँदै गएको भन्दै उनले मातृ मृत्युदरमा उल्लेखनीय सुधार, महिलाको कुल साक्षरता दरमा वृद्धि तथा आर्थिक सशक्तीकरणका सूचकहरूमा सकारात्मक परिवर्तन भइरहेको बताइन् । प्राकृतिक प्रकोप र कोभिड– १९ को महामारीको असर, लैंगिक हिंसा तथा गरिबीको प्रभाव महिलाहरूमा बढी पर्ने गरेको उल्लेख गरिन् । 

महिलाको जीवनको सुरक्षा, रोजगारीका लागि महिलाको श्रमलाई आर्थिक उपार्जनमूलक कार्यमा लगाउन सके उनीहरूमाथि सम्मान हुने देखिन्छ । अन्तमा महिलाको हकअधिकार स्थापना भएको दिनको रूपमा स्मरण गर्दै उत्सवको रूपमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दै महिलाको सारभूत समानता सहितको लैंगिक समानतामूलक राष्ट्र निर्माणको यात्रामा अघि बढ्न आजकै दिनले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छिन् ।