१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २३ सोमबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका अर्घाखाँची
२o७८ फाल्गुण २३ सोमबार १६:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

 छात्रालाई जबर्जस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, अर्घाखाँची
नयाँ पत्रिका
२o७८ फाल्गुण २३ सोमबार १६:३७:oo

अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई जबर्जस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जबर्जस्ती करणी गरेको आरोपमा मालारानी गाउँपालिकाको एक विद्यालयका २७ वर्षीय शिक्षकलाई पक्राउ गरेको हो।

ती शिक्षकले छात्रालाई गत वैशाख १९ गते घरनजिकै जंगलमा र त्यसपछि पटकपटक जबर्जस्ती करणी गरी गर्भपतनसमेत गराएको जाहेरी परेपछि नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जानकारी दिए। उनका अनुसार प्रारम्भिक अनुसन्धानपछि जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।