१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २३ सोमबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका राजविराज
२o७८ फाल्गुण २३ सोमबार १४:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस सप्तरीको निर्वाचन मंगलबार हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, राजविराज
नयाँ पत्रिका
२o७८ फाल्गुण २३ सोमबार १४:१२:oo

नेपाली कांग्रेस सप्तरीको स्थगित भएको जिल्ला अधिवेशनअन्तर्गत निर्वाचन मंगलबार हुने भएको छ। निर्वाचन समितिका अनुसार निर्वाचनस्थल परिवर्तन गर्दै स्थगित निर्वाचन मंगलबार गर्ने निर्णय भएको छ।  

शनिबार विवादबीच स्थगित भएको उक्त निर्वाचन मंगलबार गरिने कांग्रेसले जनाएको छ। यसअघि निर्वाचन समितिले निर्वाचनस्थलमा राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै शनिबार दिउँसो ४ बजेतिर विवाद उत्पन्न भएपछि स्थगित भएको थियो।

पटक–पटक समय परिवर्तन गर्दै शनिबारका लागि तय भएको जिल्ला अधिवेशन बिहान ८ बजेदेखि हुने भनिएकाेमा १० बजेदेखि मात्र सुरु भएको थियो। रुपनी गाउँपालिका– ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तय गरिएको निर्वाचनस्थलमा व्यवस्थापनबारे विवाद उत्पन्न भएको थियो। नयाँ नेतृत्वका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साहले उम्मेदवारी दिएका छन्। रासस

ad
ad
ad
ad