१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १८:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

युवा स्वरोजगार कोषका १३ वर्ष : ८३ हजारले पाए रोजगार, ११ अर्ब ९ करोडभन्दा बढी लगानी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:४१:oo

युवालाई स्वरोजगार बनाउने उद्देश्यले सरकारले १३ वर्षअघि ल्याएको युवा तथा साना व्यवसायी स्वरोजगार कोष कार्यक्रममार्फत ८३ हजार ४०९ युवालाई रोजगार प्रदान गरिएको छ। उक्त अवधिमा स्वरोजगार कोषले ११ अर्ब ९ करोडभन्दा धेरै रकम लगानी गरेको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै कोषले १३ वर्षको अवधिमा गरिएका स्वरोजगारका कार्यक्रमबारे जानकारी गराएको हो।

स्वरोजगारका कार्यक्रममार्फत हालसम्म ११ अर्ब ९ करोड ४८ लाख ३५ हजार खर्च भएको कोषको सचिवालयले जनाएको छ। स्वरोजगार कोषले गाउँ–गाउँमा रोजगार सिर्जना गर्न विभिन्न कार्यक्रम विभाजन गरी रकम लगानी गरेको थियो। जसअनुसार कोषले सबैभन्दा धेरै रकम विपन्न वर्गलाई प्रदान गरिने कर्जामा खर्च गरेको छ। जसमा ३ अर्ब ८२ करोड २ लाख ८३ हजार २६६ रुपैयाँ लगानी भएको छ। 

त्यस्तै, आम्दानीतर्फको सञ्चिती रकम ७९ करोड ४७ लाख ३५ हजार रहेको छ। कोषले १ हजार ९६८ वटा सहकारीमा लगानी गरेको छ। त्यस्तै, २६ वटा बैंक तथा वित्तीय संस्थामार्फत पनि युवा स्वरोजगार कार्यक्रममा लगानी गरेको छ। कोषले १३ वर्षको अवधिमा ८३ हजार ४०९ जनालाई रोजगार प्रदान गरेको जनाएको छ।

४२ हजार ५६३ जना व्यवसायीलाई कोषले विभिन्न तालिम प्रदान गरिएको जनाएको छ। कोषकै रकमबाट विभिन्न रोजगारमूलक संस्थाका ५ हजार ८० जनालाई तालिम तथा प्रशिक्षण कार्यक्रम गरिएको छ। 

कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीका अनुसार १३ हजार ७६५ जना व्यवसायीलाई १५ करोड ३३ लाख ५ हजार रुपैयाँ ब्याज अनुदान वितरण गरिएको थियो। ३८ हजार १३९ जना व्यवसायीलाई १ करोड ९० लाख ६९ हजार कर्जा व्यवस्थापन शुल्क वितरण गरिएको छ। कोषले ६१ हजार १३२ जना व्यवसायीको स्वरोजगार बिमा गरेको छ।

जसमा १ हजार ६१ जनालाई ६ करोड २४ लाख ४८ हजार बिमा क्षतिपूर्ति वितरण गरिएको छ। कोषले नियमित स्वरोजगार, सहकार्यमा आधारित साझेदारी, कोसी इकोनोमिक्स करिडोर, भेरी–कर्णाली करिडोर, काठमाडौं उपत्यका स्वरोजगार कार्यक्रम, तराई मधेस स्वरोजगरारलगायत कार्यक्रम गर्दै आइरहेको छ। यी कार्यक्रमलाई बजेटका आधारमा निरन्तरता दिइने कोषका कार्यकारी निर्देशक अधिकारीले बताए।

‘युवाहरूलाई स्वदेशमै टिकाउने र उनीहरूलाई भरपर्दो रोजगार दिने गरी हामीले थप कार्यक्रम पनि बनाउँछौँ,’ उनले भने, ‘थोरै लगानीबाट पनि धेरै प्रतिफल हासिल गर्न सकिने व्यवसाय तथा रोजगारीका क्षेत्रबारे अध्ययन पनि भइरहेको छ।’ 
उनले युवाहरूलाई रोजगारी दिन र स्वदेशमै रोजगारको प्रत्याभूत गराउन स्थानपना भएको कोषले अझै पनि युवाहरूलाई आश्वस्त पार्न नसकेको बताए। आगामी दिनमा कोषका कार्यक्रमलाई लयमा हिँडाउने कार्यकारी निर्देशक अधिकारीको भनाइ छ।  
 
 

ad
ad