१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १८ बुधबार
  • Saturday, 21 September, 2024
२o७८ फाल्गुण १८ बुधबार १८:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पेस्तोलसहित तीन पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १८ बुधबार १८:१o:oo

पेस्तोलसहित पक्राउ परेका तीनजनालाई बाँके प्रहरीले सार्वजनिक गरेको छ । डुडुवा गाउँपालिका–४, राप्तीपुल नजिकबाट मंगलबार राति पक्राउ परेका बाँकेस्थित नेपालगन्ज उपमहानगरपालिका–१२ का २८ वर्षीय दीपेन्द्र अधिकारी, नेपालगन्ज उपमहानगरपालिका– १८ का २२ वर्षीय सुशान्त केसी र कैलालीस्थित लम्कीचुहा नगरपालिका– ३ का ३२ वर्षीय द्वारिका उपाध्यायलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।

बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेका अनुसार नेपालगन्जबाट राप्ती नदीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ३०२९ नम्बरको कार जाँच गर्दा एक थान अटोमेटिक पेस्तोल, पेस्तोलमा लाग्ने सात थान गोली र घरेलु हातहतियार बरामद भएको छ । बरामद भएको पेस्तोल दीपेन्द्रले तीन महिनाअघि भारतको लखनउबाट असरफ अलीसँग खरिद गरेको प्रहरीसमक्ष बयान दिएका छन् । 

उनले बरामद भएको पेस्तोल ५० हजार भारतीय रुपैयाँमा खरिद गरेको बयान दिएको न्यौपानेले बताए । दीपेन्द्र यसअघि पनि आपराधिक घटनामा संलग्न रहेको बताउँदै न्यौपानले थप अनुसन्धानपछि वास्तविकता खुल्ने बताए । ‘गोप्य सूचनाको आधारमा गाडीमा जाँच गर्दा अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने गोलीलगायत अन्य घरेलु हतियार बोकेर राप्ती पुलतर्फ जानुको कारण हामीले खोज्दै छौँ,’ डिएसपी न्यौपानेले भने ।