मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १४ शनिबार
  • Thursday, 19 December, 2024
२o७८ फाल्गुण १४ शनिबार ११:o३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

साहसिक पर्यटन प्रवर्द्धनका लागि धार्चेमा रक क्लाइम्बिङ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १४ शनिबार ११:o३:oo

साहसिक पर्यटन प्रवर्द्धन गर्नका लागि धार्चे गाउँपालिकाको विभिन्न स्थानमा रक ल्याइम्बिङको रुट निर्माण गर्ने कार्य भइरहेको छ । धार्चे गाउँपालिकाको हुल्चुक र काशीगाउँबेँसीमा यसअघि नै रक क्लाइम्बिङका लागि रुट निर्माण भइसकेको छ । 

हाल वडा नम्बर ३ खोर्लाबेँसी भिरमा रक क्लाइम्बिङका लागि रुट निर्माण गर्ने काम भइरहेको धार्चे पर्यटन प्रवर्द्धन समितिका संयोजक मणि गुरुङले जानकारी दिए । ‘खोर्लाबेँसीको भिरमा रुट सेटिङका लागि मेसिनबाट भिरमा प्वाल पारेर किल्ला खोप्ने काम हुँदै छ, प्वालमा नट हाल्ने र रुट पक्का भएपछि डोरी हालेर चढ्न मिल्छ, अहिले धामधम काम भइरहेको छ’ आजभोलिसम्ममा सबै काम सकिन्छ’ संयोजक गुरुङले भने । नेपाल पर्वतारोहण प्रशिक्षक संघका उपाध्यक्ष मुलाल गुरुङको नेतृत्वमा ६ जना टिम रक क्लाइम्बिङका लागि रुट सेटिङको काम गरिरहेको उनले बताए । 

साहसिक पर्यटकहरूका लागि खोर्लाबेँसीको भिरमा रक क्लाइम्बिङ गर्न धेरै सहज हुने र ठाउँ पनि उपयुक्त रहेको उनले बताए । उनका अनुसार आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर रक क्लाइम्बिङस्थल निर्माण गरिएको हो । सो स्थान मनास्लु पदमार्गमा पर्ने भएकाले पनि पर्यटकहरूले रक क्लाइम्बिङको मज्जा लिन सकिनेछ । रुट निर्माणको काम सम्पन्न भएपछि रक क्लाइम्बिङका विभिन्न प्रतियोगिता पनि सञ्चालन गर्न सकिने उनले बताए । धार्चे गाउँपालिकाभित्र रक क्लाइम्बिङको लागि थुप्रै चट्टानका पहाडमा सम्भावना छ ।

धार्चे गाउँपालिकाको आर्थिक सहयोग, चुरेन हिमालको प्राविधिक सहयोग र धार्चे पर्यटन प्रवर्द्धन समितिको सहजीकरणमा रक क्याइम्बिङको रुट निर्माण भएको हो । रक क्लाइबिम्ङको रुट निर्माणका लागि चालू वर्ष तीन लाख विनियोजन गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । भविष्यमा स्वदेशी तथा विदेशी युवाहरुलाई साहसिक खेल प्रतियोगिता तथा प्रशिक्षण गराउन, पर्यटन प्रवर्द्धन गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न र पर्यटकीय गन्तव्यहरू स्थापित गरी गाउँपालिकाको आन्तरिक राजस्वमा वृद्धि गर्ने उद्देश्य रक क्लाइम्बिङस्थल निर्माण गर्न लागेको गुरुङले जानकारी दिए ।