Skip This
सल्यानमा ३३ हजार मतदाता थपिए, ११४ स्थानबाट मतदान गर्न सकिने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १३ शुक्रबार
  • Thursday, 19 September, 2024
२o७८ फाल्गुण १३ शुक्रबार १५:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यानमा ३३ हजार मतदाता थपिए, ११४ स्थानबाट मतदान गर्न सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १३ शुक्रबार १५:o६:oo

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सल्यानमा निर्वाचन कार्यालयले तयारी तीव्र पारेको छ। अहिले मतदाता नामावली अद्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी प्रवीन चन्दका अनुसार हालसम्म मतदाता संख्या एक लाख ५८ हजार आठ सय ७० पुगेको छ। ०७४ सालमा एक लाख २५ हजार दुई सय ५६ मतदाता रहेकोमा हाल ३३ हजार ६ सय १४ मतदाता बढेका छन्। मतदाता नामावली शुद्धीकरणका लागि वडामा अद्यावधिक गर्न पठाइसकेको उनले बताए। मतदाता परिचयपत्र हराएका नागरिकले २० फागुनभित्र कार्यालयमा आएर निवेदन दिन सक्ने व्यवस्था रहेकोसमेत उनले जानकारी दिए। परिचयपत्र हराएमा, च्यातिएमा वा नष्ट भएमा निवेदन दिन सकिनेछ।

कार्यालयमा आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकता, मतदाता परिचयपत्रमा उल्लेख भएको नम्बर ल्याएपछि मतदाता परिचयपत्रका प्रतिलिपि लिन सकिने कार्यालयले जनाएको छ।

यस्तै, स्थानीय तहको निर्वाचनमा जिल्लाका विभिन्न स्थानमा एक सय ११ मतदान स्थल रहेकोमा केही थप भएको छ। जिल्लाको कालीमाटी गाउँपालिकामा एक, त्रिवेणी गाउँपालिकामा एक र छत्रेश्वरी गाउँपालिकामा एक गरी तीनवटा मतदानस्थल थपिएको कार्यालयले जनाएको छ। यससँगै आउँदो निर्वाचनमा जिल्लामा एक सय १४ मतदानस्थल रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।