मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १२ बिहीबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण १२ बिहीबार १५:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आवश्यकताअनुसार गठबन्धन बन्छ र बिग्रन्छ : नेता खनाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण १२ बिहीबार १५:o८:oo

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले गठबन्धन बचाउन एकीकृत समाजवादीले एमसिसी पारित गराउने पक्षमा मतदान नगर्ने बताएका छन्। संसद् बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले अहिलेसम्म गठबन्धन कायम रहे पनि अबको अवस्था के हुन्छ भन्ने स्पष्ट नरहेको बताएका हुन्।

‘गठबन्धन भन्ने कुरा आवश्यकताअनुसार बन्छ र बिग्रन्छ । ऐतिहासिक घटनाक्रममा यी सबै अस्थायी हुन्। राष्ट्र हितलाई छाडिँदैन। एमसिसीमा कुरा मिल्दैन। यसमा एकथरी महाशक्तिको पछाडि लागेका छन्, अर्काथरी देशको स्वतन्त्रताको पक्षमा । यी दुई कुरा कहिल्यै पनि मिल्दैनन्,’ उनले भने, ‘सडक आवश्यकताअनुसार तात्छ। तात्छ मात्रै होइन बल्छ। अहिलेसम्म गठबन्धन भत्किएको छैन, अब हेराैँ के हुन्छ ।’