भारतीय सेनाले नेपाली सेनालाई कोभिड– १९ विरुद्धको एक लाख डोज खोप प्रदान गरेको छ । भारत सरकारको ‘खोपमैत्री’ योजनाअनुसार जंगी अड्डामा एक कार्यक्रमको आयोजना गरेर एक लाख डोज खोप उपहारस्वरूप प्रदान गरेको भारतीय राजदूतावासले जनाएको छ ।
गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पिएन अनन्थनारायणले नेपाली सेनाका रथी बालकृष्ण कार्कीलाई सो खोप हस्तान्तरण गरेका हुन् ।