१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १० मंगलबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका कञ्चनपुर
२o७८ फाल्गुण १० मंगलबार o९:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

शुक्लाफाँटा पर्यटन महोत्सव सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
२o७८ फाल्गुण १० मंगलबार o९:o९:oo

 कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ । भीमदत्त नगरपालिकाको आयोजनामा सोमबारदेखि पाँचौँ शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको हो । निकुञ्ज प्रांगणमा महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङले शुक्लाफाँटा निकुञ्जसहितका पर्यटकीय गन्तव्यको प्रवद्र्धन तथा विकासका लागि महोत्सव महत्वपूर्ण हुने बताए । जिसस प्रमुख तामाङले पर्यटनका माध्यमबाट यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विषयलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

भीमदत्त नगरका प्रमुख मेयर सुुरेन्द्र विष्टले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको बताए । मेयर विष्टले प्रथमदेखि पाँचौँ महोत्सवको अनुभव राख्दै अन्य वर्षको भन्दा यस वर्ष फरक परिवेशमा सञ्चालन गरिएको बताए । शुक्लाफाँटा पर्यटकीय गन्तव्य भएकाले यसलाई विभिन्न आयामबाट जोड्नुपर्ने उनको भनाइ छ ।

महोत्सवको उद्घाटनका दिन निकुञ्जको परिचयसहित विविध सांस्कृतिक कार्यक्रमसमेत गरिएको छ । दोस्रो दिन रेडियो, एफएममार्फत शुक्लाफाँटा संवाद, निकुञ्जको प्रचार–प्रसार, तेस्रो दिन पर्यटकीय क्षेत्रमा सरसफाइ तथा बाह्रसिँगे ब्रान्डिङ कार्यक्रम, चौथो दिन पर्यटनबारे नागरिक सुुझाब संकलन, पर्यटन क्षेत्रका भिडियो क्लिप तयार गर्ने, पाँचौँ दिन महेन्द्रनगर स्मारकमा पर्यटकीय प्रवद्र्धनबारे फोटो प्रदर्शनी, चित्रकला प्रतियोगिता, छैटौँ दिन शुक्लाफाँटासहित नगरको पर्यटन विकासबारे साहित्यिक बहस र अन्तिम सातौँ दिन होमेस्टेमा पर्यटनबारे छलफल गरेर समापन गरिने योजना रहेको छ । 

ad
ad
ad
ad