मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण ९ सोमबार १६:२३:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल–पाकिस्तान फ्रेन्डसिप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण ९ सोमबार १६:२३:००

नेपालस्थित पाकिस्तानी दूतावासको आयोजनामा फागुन १८ गतेबाट सातौँ संस्करणको नेपाल–पाकिस्तान फ्रेन्डसिप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। पाकिस्तानी दूतावासले सोमबार पत्रकार सम्मेलन गरी १२ टोलीलाई समावेश गर्दै प्रतियोगिता यही फागुन १८ देखि २६ गतेसम्म सञ्चालन गर्ने जानकारी गराएको छ।

लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा आयोजकले सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरी सञ्चालन गर्ने जनाएको छ। जसअन्तर्गत समूह एमा पाकिस्तानी दूतावास क्रिकेट क्लब, एचके क्रिकेट क्लब र लायन क्रिकेट क्लब रहेका छन् भने समूह बीमा स्टार क्रिकेट एकेडेमी, बाल पार्क एकेडेमी तथा जिएचसिए समावेश छन्। यस्तै, समूह सीमा आरएस विद्यापीठ एकेडेमी, एन्जल्स हार्ट एकेडेमी र क्रिकेट एक्सिलेन्स सेन्टर तथा समूह डीमा स्कुल अफ क्रिकेट, बालुवाटार क्रिकेट क्लब तथा नेक्सस क्रिकेट एकेडेमी रहेका छन्। चार समूहका विजेताहरू सेमिफाइनल प्रवेश गर्नेछन्।

प्रतियोगिता दुई मुलुकबीचको सम्बन्ध तथा दुई देशका खेलप्रेमीबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने उद्देश्यका साथ सो खेल प्रतियोगिता आयोजना गरिएको नेपालका लागि पाकिस्तानी राजदूत सयद हैदर शाहले बताए।

यस्तै, नेपालका तर्फबाट एकेडेमीको प्रतिनिधित्व गरेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा क्रिकेट एक्सिलेन्स सेन्टरका संस्थापक पारस खड्काले प्रतियोगिता युवा क्रिकेटरलाई अनुभव संगाल्ने मौका भएको बताए।

धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा हुने प्रतियोगिताको विजेताले प्राप्त गर्ने ट्रफी पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो । नौ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल पाकिस्तानी दूतावासले एचके क्रिकेट क्लबविरुद्ध खेल्ने तालिका रहेको छ।