
पोखरामा आइतबार भीषण असिनापानी परेको छ । असिनापानीले पोखराको सडक नै अवरुद्ध भएको थियो ।
पोखराको न्युरोड, चिप्लेढुंगा, बगर, अमरसिंह चोकलगायतका स्थान असिनाले छोपिएका थिए । बाटोमा असिनाका थुप्रोले यातायातका साधनसमेत सञ्चालन हुन सकेका थिएनन् ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पोखरालगायत देशका विभिन्न भूभागमा पानीसहित असिना परेको मौसमविद्हरूले बताएका छन् । अबका एक–दुई दिन देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।