१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ५ बिहीबार
  • Wednesday, 26 June, 2024
२o७८ फाल्गुण ५ बिहीबार २१:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

माओवादी पहिलो पार्टी हुने प्रतिस्पर्धामा छ : दीपशिखा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण ५ बिहीबार २१:o७:oo

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आगामी निर्वाचनमा माओवादी एक्लै लड्न सक्षम रहेको बताएका छन्। बिहीबार धनगढीमा भएको पत्रकार सम्मेलनमा उनले माओवादी पहिलो पार्टी हुनका लागि प्रतिस्पर्धामा रहेको दाबी गरे ।

‘माओवादीलाई हेपेर, हेयिएर, तालमेल नभए चुनाव लड्न सक्दैन भन्ने ढंगले जसरी कुरा आएको म त्यसको जवाफ के दिन चाहन्छु भने माओवादी केन्द्र एक्लै लड्न तयार छ र पहिलो पार्टी हुनको निम्ति प्रतिस्पर्धामा छ,’ उनले भने, ‘आउँदो चुनावबाट हामी पहिलो पार्टी बन्छौँ ।’ कसैको सहायता नलिएर माओवादी एक्लै चुनाव लड्न सक्षम रहेको उनले बताए। 

माओवादी युवा संगठन वाइसिएल नेपालका फ्याक्सन इन्चार्जसमेत रहेका उनले चुनावको तयारीका लागि वाइसिएल एक निर्वाचन क्षेत्रबराबर एक वाइसिएलको नीति बनाएर अभियानमा सञ्चालन गरिरहेको जानकारी दिए । तर अहिलेको परिस्थिति मिलेरै चुनावमा जाने देखिएको सापकोटाले बताए ।

अर्को प्रसंगमा उनले अमेरिकी सहयोग परियोजना एमसिसी मुलुकको हितमा नभएको बताए। मुलुकको हितमा नभएकाले यसलाई अगाडि बढाउन नहुने धारणा उनले राखे। ‘विदेशी सहयोग नलिने भन्ने होइन, तर मुलुकको हितमा छैन भने त्यस्तो सहयोग लिनुहुँदैन भन्ने पक्षमा हाम्रो पार्टी छ।’ उनले एमसिसी जबर्जस्ती पारित भए माओवादी सरकारबाट बाहिरिने बताए।  

एमसिसीलाई संसदमै टेबुल गर्न नहुने उनको धारणा छ। एमसिसीलाई अगाडि बढाउन नहुने मागसहित वाइसिएलले देशभर प्रदर्शन गर्ने सापकोटाले बताए। मुलुकको अहितमा हुने गलत सम्झौताको पक्षमा नेकपा माओवादी केन्द्र आवद्ध हुन नसक्ने उनको भनाइ छ। मुलकको हितविपरीत हुनै पनि सन्धिसम्झौतामा माओवादी अहिलेसम्म सहभागी नभएको र एमसिसीमा पनि एमसिसीको समर्थन नहुने उनले प्रस्ट पारे ।
 

ad
ad
ad
ad