स्पिड ब्रेकरबाट उछिट्टिएर अनियन्त्रित भएको स्कुटर दुर्घटना हुँदा चालकको ज्यान गएकोे छ। सर्लाहीको लालबन्दी नगपालिका– ९ स्थित भित्री सडकखण्डमा स्कुटर दुर्घटनामा परेर धनुषाको मिथिला नगरपालिका– ६ ढल्केबर बस्ने ६० वर्षका रामलाल पाख्रिनको ज्यान गएको प्रहरीले जनाएको छ।
केही समय पहिला मात्र दिवंगत आफन्तको घर जाँदै गर्दा पाख्रिन सवार ज.१२प ३८०३ नम्बरको स्कुटर दुर्घटनामा परेको हो। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए।