१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
बलराम केसी सर्वोच्चका पूर्वन्यायाधीश 
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o६:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

गठबन्धन भत्किए प्रधानमन्त्रीलाई संसद् विघटन गरेर चुनावमा जाने अधिकार हुन्छ : बलराम केसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:५o:oo

गठबन्धन भत्किएर सरकार अल्पमतमा परे प्रधानमन्त्रीलाई संसद् विघटन गर्छु, चुनावमा जाऊँ भन्ने अधिकार पनि छ । अर्को, शेरबहादुर देउवाले पदबाट राजीनामा दिएर अर्को सरकार बन्ने बाटो खोलिदिन्छु भन्न पनि सक्नुहुन्छ ।

तर, अर्को ठूलो विपक्षी दलले होइन किन विघटन गर्ने म नै सरकारलाई समर्थन गर्छु भन्न पनि सक्छ । राजनीतिले कस्तो कोल्टे फेर्छ, त्यसैमा सबै कुरा भर पर्छ । संविधानले ती कुरामा आपत्ति गर्दैन ।  

गठबन्धनबाट कुनै दल बाहिरिएर सरकार अल्पमतमा पर्‍यो भने उसले विश्वासको मत लिनुपर्ने अवस्था पनि आउन सक्छ । ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । नत्र छोड्नुपर्ने हुन्छ । मानौँ एमालेले सरकारमा पनि दाबी गरेन, सरकारलाई समर्थन पनि गरेन भने यही सरकारले चुनाव घोषणा गरेर गराउन सक्छ ।

 

ad
ad