मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २५ मंगलबार
  • Friday, 20 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २५ मंगलबार १४:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवाबाहेकका कांग्रेस पदाधिकारीको बैठक सानेपामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २५ मंगलबार १४:४३:oo

केन्द्रीय कार्यसम्पादन समितिको बैठकको पूर्वसन्ध्यामा नेपाली कांग्रेसका पदाधिकारीको बैठक बस्न लागेको छ। एक पदाधिकारीका अनुसार पार्टी सभापति शेरबहादुर देउवाबाहेकका पदाधिकारीको बैठक बस्न लागेको हो।

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा व्यस्तताका कारण उपस्थित नभएपछि उनीबाहेकका पदाधिकारीको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो। देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीका पदाधिकारीहरूसँग माघ २७ गतेका लागि बोलाइएको कार्यसम्पादन समितिको बैठकका विषयमा अनौपचारिक छलफल गर्न लागेका हुन्।

कार्यसम्पादन समिति बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विषय र १६ जिल्लाको अधिवेशनबारेका एजेन्डा रहेका छन्। बैठकमा स्थानीय तहको निर्वाचनको तयारीलगायतका विषयमा समेत छलफल हुने बताइएको छ।