भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोवासीको हकअधिकार सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायलाई दबाबमूलक ध्यानाकर्षण गर्न र्याली निकालिएको छ । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा नेपालको आयोजनामा सोमबार काठमाडौंको माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म र्यली निकालिएको हो ।
र्यालीमा सहभागीले ‘सुकुमबासीलाई आश्वासन होइन लालपुर्जा बाँड’, ‘सम्पूर्ण भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोवासीहरू एक हौँ’, ‘सुकुमबासी एकता जिन्दावाद’लगायतका नारा लेखिएका ’प्लेकार्ड’ प्रदर्शन गरेका थिए ।
हेर्नुहोस् तस्बिरहरू :