१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o७:११:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट प्रिन्ट संस्करण

नेपालमा कोरोना संक्रमणदर १५ प्रतिशतमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:११:oo

नेपालमा कोरोना संक्रमणदर निरन्तर घट्दै गएको छ । आइतबार परीक्षण गरिएका नमुनाका आधारमा संक्रमणदर १५ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घन्टामा परीक्षण गरिएका नौ हजार दुई सय ५१ नमुनामध्ये एक हजार तीन सय ८६ नयाँ संक्रमित थपिएका हुन् । संक्रमणदर घटेसँगै निको हुने संक्रमितको संख्या दोब्बरले बढ्दै गएको छ । संक्रमण निको हुने दरसमेत ९४.१ प्रतिशत पुगेको मन्त्रालयको तथ्यांकले देखाउँछ । आइतबार मात्रै आठ हजार सात सय चारजना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या घटेर ४५ हजार दुई सय ४८ पुगेको छ । 

सबैभन्दा बिरामीको चाप रहने काठमाडौं उपत्यकाका ठूला अस्पतालमा समेत बिरामीको संख्या घट्न थालेको छ । उपत्यकामा २१ हजार आठ सय ७९ सक्रिय संक्रमित रहे पनि अस्पतालमा पाँच सय ८६ जना मात्र उपचाररत छन् । जुन सक्रिय संक्रमितको तुलनामा अस्पताल भर्नादर २.६८ प्रतिशत हो । उपत्यकाका कोभिड अस्पतालमा एक सय ४५ जना जनरल वार्डमा, तीन सय १९ जना एचडियूमा र एक सय २२ जना आइसियूमा उपचाररत छन् । यस्तै, देशभर उपचाररत एक हजार तीन सय १६ मध्ये दुई सय ६९ जना आइसियू र ४६ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांकले देखाउँछ । 

संक्रमितको चाप घटेसँगै कोभिड अस्पतालहरूले अन्य सेवासमेत नियमित दिन थालेका छन् । तेस्रो लहरमा संक्रमण ह्वात्तै बढेसँगै कटौती गरिएका नन्कोभिड वार्डहरू पुनः सञ्चालनमा आउन थालेका हुन् । अस्पतालमा दैनिक एकदेखि दुईजना मात्रै कोभिड संक्रमित आइरहेकाले फिभरसहितका अन्य सेवा सञ्चालनमा ल्याएको टेकु अस्पतालका प्रवक्ता नवराज गौतम बताउँछन् । यसबाहेक त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी अस्पतालहरूले समेत अन्य सेवा सञ्चालनमा ल्याएको जनाएका छन् । 

 भारतमा पनि कोरोना संक्रमणदर ९.२ प्रतिशत 
भारतमा पनि संक्रमण निरन्तर ओरालो लाग्दै गएको छ । ओमिक्रोनका कारण अति प्रभावित भइरहेको भारतमा पनि दुई सातादेखि संक्रमणदर घट्दै गएको हो । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार दैनिक परीक्षणका आधारमा संक्रमणदर घटेर ९.२ प्रतिशतमा झरेको छ । जनवरीको तेस्रो साता दैनिक संक्रमितको संख्या साढे तीन लाख नाघेको भारतमा हाल दैनिक संक्रमितको संख्या एक लाखको हाराहारीमा झरेको हो । जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो अपडेटअनुसार भारतमा यो साताको औसत संक्रमणदर एक लाख ५६ हजार पाँच सय १७ रहेको छ । भारतमा मात्र नभई पछिल्लो सातायता विश्वभर नै संक्रमणदर घट्दै गइरहेको छ । 

ad
ad