मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २१ शुक्रबार
  • Tuesday, 17 December, 2024
२o७८ माघ २१ शुक्रबार १८:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चट्याङ परेपछि गौतमबुद्ध विमानस्थल बन्द 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २१ शुक्रबार १८:२७:oo

शुक्रबार अपराह्न परेको चट्याङका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रात्रिकालीन उडान बन्द भएको छ ।  दिउँसो ४ बजे परेको चट्याङका कारण विमानस्थलको टावरमा समस्या आएपछि विमानस्थल बन्द गर्नुपरेको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए ।

चट्याङ परेसँगै टावरमा रहेका विद्युत् तारहरूमा धुवाँ आउनुका साथै रनवेमा रहेका लाइटहरूमा समस्या आएको थियो । जसका कारण रात्रिकालीन उडान बन्द गर्नुपरेको दाहालले बताए ।  दिउँसोको उडान पनि भिजिबिलिटी हेरेर मात्र उडान गर्न सकिने उनले बताए ।

अहिले विमानस्थलमा क्यालिब्रेसन ल्पाइट उडानका लागि प्राविधिकहरू विमानस्थल परिसरमै रहेकाले मर्मतको काम तीव्र पारिएको उनले बताए । तर, जलेका समानहरू भैरहवामा स्टक नभएका कारण काठमाडौंबाट भैरहवा ल्याउनुपर्ने भएकाले शनिबार मात्रै विमानस्थल सञ्चालनमा आउने उनले बताए ।