दाङमा जुवाको खालबाट आठजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार गएराति ७ बजेतिर शान्तिनगर गाउँपालिका– ५ स्थित ३२ वर्षीय नीराजन मल्लको घरमा जुवा खेलिरहेको अवस्थामा दुई लाख ८२ हजार तीन सय पाँच रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा मल्लसहित शान्तिनगर– ७ का ४० वर्षीय प्रमोदकुमार खड्का, सोही ठाउँका ४५ वर्षीय उत्तम डाँगी, ३२ वर्षीय रमेश रावत, ४० वर्षीय बलिराम खत्री, तुलसीपुर उपमहानगरपालिका– ९ का राजेशकुमार बोहरा, तुलसीपुर–का ५८ वर्षीय ध्रुव शाह, भारतको बिहार घई भई हाल शान्तिनगर– ५ बस्ने ३५ वर्षीय हजरत अली रहेका प्रहरीले जनाएको छ।