मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २० बिहीबार
  • Monday, 16 December, 2024
मोहन विष्ट कञ्चनपुर
२o७८ माघ २० बिहीबार १o:३५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पुनर्वास हाटबजार : जमिन समितिको, लालपुर्जा व्यक्तिका नाममा

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७८ माघ २० बिहीबार १o:३५:oo

कञ्चनपुरको पुनर्वास हाटबजार समितिको जमिन गैरकानुनी रूपमा व्यक्तिलाई बेचबिखन गरेको पाइएको छ । जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका– ६ त्रिभुवन बस्तीमा रहेको हाटबजार समितिको जमिन व्यक्तिलाई बेचेको पाइएको हो । हर्कबहादुर थापा नेतृत्वको हाटबजार समितिले सार्वजनिक जमिन व्यक्तिलाई बेचबिखन गरेपछि समस्या देखिएको छ ।  कृषि हाटबजार प्रयोजनका लागि लिएको जमिन एकातिर हाटबजार बन्द गरेर व्यक्तिलाई बेचबिखन गरेपछि अहिले उक्त मुद्दा उठान गरेर केही स्थानीयले विरोध गरेका छन । हाटबजारको जमिन फिर्ता हुनुपर्ने माग अघि सारेर उनीहरूले व्यक्तिका नामबाट जमिन खोसेर समितिकै नाममा राख्नुपर्ने माग अघि सारेका छन । 

समितिले तत्कालीन मालपोत, नापी कार्यालयसँग सेटिङ गरेर सार्वजनिक जमिन व्यक्तिको नाममा नामसारी गर्न लगाएको थियो ।  सञ्चालक समितिले आफन्त, निकट दलका नेता कार्यकर्ता र जनप्रतिनिधिको नाममा नामसारी गरेका छन् । स्थानीय राजकुमार श्रेष्ठले समितिले आफन्तका नाममा बेचबिखन गरेको बताए ।  उनले समितिका अध्यक्ष हर्कबहादुर थापाले नै सार्वजनिक सम्पत्ति दोहन गरेको बताए । 

२० वर्षअघि हाटबजार समितिले पुनर्वास राष्ट्रिय आवास कम्पनीसँग १७ कट्टा १० धुर जमिन खरिद गरेको थियो । जसमध्ये १४ जनालाई करिब आठ कट्टा बेचेको पाइएको छ । कृषि हाटबजारको प्रयोजनका लागि भन्दै लिएको जमिनमा समितिले हाटबजार नै बन्द गरेर व्यक्तिलाई धमाधम बिक्री–वितरण गरेपछि स्थानीय विरोधमा उत्रिएका हुन् ।

०५८ सालमा पुनर्वास राष्ट्रिय आवास कम्पनीसँग लिएको जमिन किसानले उत्पादन गरेको वस्तुभाउ बिक्री–वितरण गर्न सहज होस् भन्ने उद्देश्यले लिएको जमिनमा समितिको बदमासीले किसानले उत्पादन गरेको वस्तु बिक्रीका समेत समस्या भएको छ । समितिले किसानको समस्याभन्दा पनि आफन्तलाई जमिन नामसारी गर्न उद्यत् रहेपछि हाटबजारसमेत बन्द भएको थियो । समितिको जमिन व्यक्तिका नाममा बेचेपछि अदालतसम्म मुद्दा मामला भएको छ । 

अर्का स्थानीय प्रेम बोहराले किसानमा लागि लिएको जमिन किसानभन्दा गैरकिसान व्यवसायीलाई बेचेकोप्रति आपत्ति जनाए । उनले जनतालाई थाहै नदिएर जमिन बिक्री–वितरण गरेर व्यक्तिका नाममा नामसारी गरेको बताए ।