१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १७ सोमबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १७ सोमबार १७:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

डोटीको झिमे मालिका माविलाई ८ सय झोला सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १७ सोमबार १७:४१:oo

एसएस फाउन्डेसनले डोटीको झिमे मालिका माध्यमिक विद्यालयलाई ८ सयवटा स्कुल झोला सहयोग गरेको छ। डोटीको केआई सिंह गाउँपालिका-४ मा अवस्थित विद्यालयलाई फाउन्डेसनले झोला सहयोग गरेको हो। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले राजनीतिज्ञ रणबहादुर बलायरलाई सहयोगको झोला हस्तान्तरण गरे। 

एसएस फाउन्डेसनका अध्यक्ष मदनदास श्रेष्ठको अगुवाइमा देशका विभिन्न स्थानमा सहयोग उपलब्ध हुँदै आएको छ। फाउन्डेसनले कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री सहयोग गरेको थियो। फाउन्डेसनका अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि पनि देशभरि एसएस फाउन्डेसनले आपतविपतका वेला सहयोग गर्ने बताए।
 

ad
ad
ad
ad