१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o७:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

केयूमा शिक्षाशास्त्रमा प्राविधिक विषय बिटेक पढाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o७:३३:oo

काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेसनले प्राविधिक विषय ब्याचलर इन टेक्निकल एजुकेसन (बिटेक एड) पठनपाठन गर्ने भएको छ । प्राविधिक विषयका शिक्षक उत्पादन गर्ने उद्देश्यले केयूले यसै वर्षबाट नयाँ कार्यक्रम सुरु गर्न लागेको हो । 

स्कुल अफ एजुकेसनले आइतबार पत्रकार सम्मेलन आयोजना गरी शिक्षाशास्त्रमा प्राविधिक विषयका कार्यक्रम नयाँ भएको जनाएको छ । बिटेक एड पढाएर सिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ र सूचना प्रविधि विषयका शिक्षक उत्पादन गर्ने लक्ष्य राखेको केयूले जनाएको छ ।

स्कुल अफ एजुकेसनका डिन प्रा.डा. बालचन्द्र लुइँटेलले देशमा प्राविधिक तथा व्यावसायिक शिक्षा पढाउने शिक्षक तथा सिकाइको सहजकर्ताको अभाव रहेको र शैक्षिक पद्धतिको ज्ञान, सीप तथा क्षमताको अभाव देखिएको बताए । अहिले प्राविधिक पढाउने शिक्षक प्राविधिक वातावरणबाट आउने गरेको उनको भनाइ थियो । गुणस्तर तथा सिकाइमा समस्या हुने भएकाले सम्बन्धित विषयमा शिक्षाशास्त्र अध्ययन गरेकै हुनुपर्ने लुइँटेलले बताए ।

शैक्षिक कार्यक्रम चार वर्षको तय गरिएको छ । अहिले जनकपुर, बुटवल र सिन्धुलीमा यी विषयको पठनपाठन हुनेछ । । मेकानिकल विषयमा ३०, सिभिलमा २० र सूचना प्रविधिमा ५० जनालाई पढाउने विश्वविद्यालयले जनाएको छ । विद्यालय तह वा सोसरहको कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) तथा शिक्षा मन्त्रालयअन्तर्गतका सामुदायिक विद्यालयमै प्राविधिक विषयमा अध्यापन हुने गरेको छ । 

ad
ad