रामेछापमा तेस्रो लहरको कोरोना महामारी बढेसँगै जिल्ला कारागार कार्यालयले कैदीबन्दीसँग भेटघाटमा प्रतिबन्द लगाएको छ । कोरोना संक्रमणका बिरामीहरू तीव्र रूपमा बढेसँगै कारागार कार्यालय रामेछापमा विभिन्न मुद्द मा कैद भुक्तान गर्दै आएका कैदीबन्दीहरूका आफन्त र अन्य व्यक्तिहरूलाई तत्काल भेटघाट गर्न प्रतिबन्ध लगाइएको जिल्ला कारागार कार्यालय रामेछापका जेलर रामकृष्ण घिमिरेले जानकारी दिए ।
जेलर घिमिरेले भने, ‘कोरोना महामारी बढेसँगै कारागार व्यवस्थापन विभागले परिपत्र गरेर कोरोना अवधिभर थुनुवा कैदी बन्दीसँग हुँदै आएको सबै भेटघाट कार्यक्रम स्थगित गर्न निर्देशन गरेअनुसार अहिले भेटघाट कार्यक्रम बन्द गरिएको हो ।’ कोरोना संक्रमणका दर मत्थर भएपछि कैदीबन्दीसँग आफन्तहरूको भेटघाट जारी राख्ने पनि उनले बताए ।
जिल्ला कारागार कार्यालय रामेछापमा ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, बहुविवाह, जबर्जस्ती करणी, डाँका चोरीलगायत विभिन्न मुद्दामा हाल तीन सय दुईजना पुरुष र नाैजना महिला गरी तीन सय १२ जना कैदीबन्दीहरूले कैद जीवन बिताइरहेका छन् ।
रामेछापमा कैदीबन्दी भेट्न प्रतिबन्ध
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
४ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
४ हप्ता अघि
गृह मन्त्रालयका एक सय कर्मचारीको सरुवा
४ हप्ता अघि
सुझावित समाचार
नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक काठमाडौंमा सुरु
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बिचको १०औँ द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु भएको छ।…
सम्पत्ति शुद्धीकरण अनुसन्धान : आनीको व्यक्तिगत खातामा स्रोत नखुलेको १६ लाख डलर
लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष एवं गायिका आनी छोइङ डोल्माको बैंक खातामा आएको शंकास्पद १६ लाख अमेरिकी डलरबारे छानबिन…
जापानले बनाइदिएको दुईकोठे विद्यालय भवन हस्तान्तरण
रामेछाप । जापानी आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको दुईकोठे विद्यालय भवन सम्बन्धित विद्यालयलाई मगंलबार एक कार्यक्रमको आयोजन…
कहाँ रोकियो आनीकाे नागरिकता र सम्पत्ति शुद्धीकरणको विवाद ?
आनीले आफ्ना आमा–बुवा तिब्बती भएको आफ्नो पुस्तक ‘फूलको आँखामा’मा उल्लेख गरेकी छिन्
अब अन्य जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि लिन सकिने
काठमाडौं । अब नेपाली नागरिकले आफ्नो स्थायी जिल्लाबाहेक अन्य जिल्लाबाट पनि नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन्। नेपाल…
चोरी आरोपको बदला लिन छिमेकीबाट ब्याट्री व्यवसायीको हत्या
विराटनगर । चोरीको आरोप लगाएको रिसमा विराटनगरका ब्याट्री व्यवसायी लालजीप्रसाद गुप्ताको हत्या भएको खुलेको छ । हत्या गर्न…