मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ माघ १६ आइतबार
  • Friday, 14 August, 2026
दीपक भट्ट रामेछाप
२o७८ माघ १६ आइतबार १३:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामेछापमा कैदीबन्दी भेट्न प्रतिबन्ध

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o७८ माघ १६ आइतबार १३:४o:oo

रामेछापमा तेस्रो लहरको कोरोना महामारी बढेसँगै जिल्ला कारागार कार्यालयले कैदीबन्दीसँग भेटघाटमा प्रतिबन्द लगाएको छ । कोरोना संक्रमणका बिरामीहरू तीव्र रूपमा बढेसँगै कारागार कार्यालय रामेछापमा विभिन्न मुद्द मा कैद भुक्तान गर्दै आएका कैदीबन्दीहरूका आफन्त र अन्य व्यक्तिहरूलाई तत्काल भेटघाट गर्न प्रतिबन्ध लगाइएको जिल्ला कारागार कार्यालय रामेछापका जेलर रामकृष्ण घिमिरेले जानकारी दिए । 
    
जेलर घिमिरेले भने, ‘कोरोना महामारी बढेसँगै कारागार व्यवस्थापन विभागले परिपत्र गरेर कोरोना अवधिभर थुनुवा कैदी बन्दीसँग हुँदै आएको सबै भेटघाट कार्यक्रम स्थगित गर्न निर्देशन गरेअनुसार अहिले भेटघाट कार्यक्रम बन्द गरिएको हो ।’ कोरोना संक्रमणका दर मत्थर भएपछि कैदीबन्दीसँग आफन्तहरूको भेटघाट जारी राख्ने पनि उनले बताए । 
    
जिल्ला कारागार कार्यालय रामेछापमा ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, बहुविवाह, जबर्जस्ती करणी, डाँका चोरीलगायत विभिन्न मुद्दामा हाल तीन सय दुईजना पुरुष र नाैजना महिला गरी तीन सय १२ जना कैदीबन्दीहरूले कैद जीवन बिताइरहेका छन् ।