सर्वोच्च अदालतले कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित मुद्दा हेर्दाहेर्दैमा राखेको छ। पूर्ण इजलासमा सुनुवाइ भइरहेको मुद्दाको मंगलबार पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ।
शिवहरि दाहाल,अनमोल भट्टराई, इन्द्रकमल सिवाकोटीलगायतले दायर गरेका २५ मुद्दाहरूको सुनुवाइ न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलासमा भइरहेको छ। मुद्दामा लोकसेवा आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइएको छ।
सर्वोच्चले कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित सबै २५ मुद्दालाई एकै मुद्दाको रूपमा (लगाउ) राखेर सुनुवाइ गर्न आदेश दिएको थियो। यससँगै २९ पुसबाट मुद्दामाथि सुनुवाइ जारी छ।