महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिलाई सार्वजनिक सवारीसाधनमा सहज पहुँच र सुविधाका लागि चढ्न र ओराल्नका लागि पुरानो बसपार्कमा ठाउँको व्यवस्था गरेको छ। आज सोमबारदेखि सो व्यवस्था सुरु गरिएको महाशाखाले जनाएको छ।
महाशाखाले उक्त स्थानमा ‘फरक क्षमता भएका व्यक्तिहरूलाई मात्र चढाउने र ओराल्ने ठाउँ’ लेखिएको बोर्ड राखेको छ। फरक क्षमता भएकाहरूका लागि अझै यस्ता सवारी र अपांगतामैत्री व्यवस्था थप्दै जाने महाशाखाले जनाएको छ। ट्राफिक महाशाखाले सार्वजनिक सवारीसाधनका चालक, सहचालक तथा यात्रुवर्गलाई तोकिएको स्थानबाट मात्रै पिक एन्ड ड्रप गर्न पनि अनुरोध गरेको छ।