Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ माघ ८ शनिबार ०९:०१:००
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

गण्डकी प्रदेशका ३० होमस्टेलाई दुई  करोड ९७ लाख अनुदान 

Read Time : > 2 मिनेट
२०७८ माघ ८ शनिबार ०९:०१:००

गण्डकी प्रदेशका विभिन्न जिल्ला र स्थानिय तहमा संचालन भएका ३० घरबास (होमस्टे)ले प्रदेश सरकारबाट अनुदान पाउने भएका छन् । प्रदेश सरकार पर्यटन, उद्योग, वाणिज्य तथा अपुर्ति मन्त्रालयबाट होमस्टेको पुर्वाधार विकासका लागि उक्त अनुदान प्रदान गरेको हो । मन्त्रालयले हालै जारी गरेको स्वीकृत परियोजना अन्तर्गत २८ वटा ‘होमस्टे’का लागि १० लाख रुपैयाँका दरले र एक हामेस्टेका लागि नौ लाख ९८ हजार र एक होस्टेका लागि ७ लाख ८४ हजार रुपैयाँ गरी कुल दुई करोड ९७ लाख ८२ हजार रुपैयाँ अनुदान प्रदान गर्न लागेको हो । ‘होमस्टे’ पुर्वाधार विकासका लागि मन्त्रालयले संचालकहरुसँग परियोजना प्रस्ताव माग गरेको थियो । सोही अनुसार विभिन्न जिल्लाबाट ६२ वटा प्रस्ताव परेको र हाल पहिलो चरणमा ३० वटामा स्वीकृत भएर आएको पर्यटन कार्यालय पोखराका कार्यालय प्रमुख पुरन गिरीले जानकारी दिए । उक्त अनुदान पर्यटन कार्यालय मार्फत होमस्टे संचालकहरुले पाउने छन् । 

ग्रामीण पर्यटन प्रवद्र्धन गरी समृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले गण्डकी प्रदेश सरकारले विगतमा जस्तै चालू आर्थिक वर्षमा पनि अनुदानका कार्यक्रमलाई निरन्तरता दिएको थियो ।  पहिलो चरणमा छनौट भएका ‘होमस्टे’ संचालकहरुसँग सम्झौताको काम पनि भइसकेको गिरीले बताए । 

अनुदानका लागि सम्झौता भइसक्यो

होमस्टे संचालकहरुको सहजताका लागि पर्यटन कार्यालयले विभिन्न जिल्लामा पुगेर सम्झौता समेत गरि सकेको छ । कास्की र स्याङ्जा जिल्लाका लागि पचभैया सामुदायिक होमस्टे कास्की, गोरखा, तनहुँ लम्जुङ र नवलपुरका लागि विमलनगर सामुदायिक होमस्टे बन्दीपुर र बागलुङ, पर्वत, र मुस्ताङका होमस्टेका लागि घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय बागलुङबाट सम्झौता गरिएको हो । पहिलो चरणमा कास्कीमा ९ वटा, स्याङ्जामा २ वटा, तनहुँमा १ वटा लम्जुङमा ३ वटा, गोरखामा ३ वटा र नवलपुरमा ४ वटा, बागलुङमा ४ वटा, पर्वतमा ३ वटा मुस्ताङमा १ वटा होमस्टेले अनुदान पाएका छन् । 

कास्कीको घलेखर्क सामुदायिक होमस्टे र स्याङ्जाको कन्यादेवी सामुदायिक होमस्टे बाहेक अन्य सवै होमस्टेले १० लाख रुपैयाँका दरले अनुदान पाएका छन । घलेखर्कले ७ लाख ८४ हजार र कन्यादेवीले ९ लाख ९८ हजार रुपैयाँ अनुदान प्राप्त गरेको गिरीले बताए ।  अनुदान पाएका होमस्टेले जुन कामका लागि प्रस्ताव पेश गरिएको हो त्यही काम गर्नुपर्ने गिरीले बताए । ‘होमस्टे संचालन कार्यविधि अनुसार प्रस्ताव पेश गर्ने क्रममा नै के काम गर्ने हो त्यसको बारेमा खुलाएर स्टुमेट गर्नुपर्ने हुन्छ पर्यटन कार्यालयका प्रमुख गिरीले भने,‘सोही अनुसार काम गर्नुपर्ने हुन्छ । विगतमा एउटा योजनाका लागि बजेट लगेर अर्को काम गरेको भेटिए अहिले त्यो हुन दिँदैनौ । जे काम हो त्यही गर्नुपर्दछ । यो नित्तान्त पुर्वाधार निर्माणका निम्ती दिइएको अनुदान हो ।’ अनुदान स्वीकृत प्राप्त गरेका होमस्टेले अधिकमत १० लाख रुपैयाँसम्म अनुदान पाएको उनले बताए । 

१० प्रतिशत बराबरको जनश्रमदान गर्नुपर्ने 
   परियोजना स्वीकृत र सम्झौता पश्चात परियोजना सञ्चालनको लागि तोकिएको रकमको ३० प्रतिशत रकम सम्बन्धित होमस्टेको खातामा उपलब्ध गराइने छ भने बाकीँ रकम कार्यप्रगतिको प्राविधिक मूल्याङ्नका आधारमा उपलब्ध गराइने कार्यविधिमा उल्लेख गरिएको छ । परियोजनका काम गर्ने होमस्टे संचालन समितिनै हुने छ  । समितिले योजनाका लागि विनियोजन भएको रकमको कम्तीमा पनि १० प्रतिशत बराबरको जनश्रमदान गर्नुपर्ने प्रावधान रहेको गिरीले बताए । पर्यटन पर्वद्धन कार्यक्रम अन्तरगत प्रदान गरिएको अनुदानले पुर्वाधार निर्माणको काम गर्नुपर्ने छ । 

होमस्टे बढेसँगै आन्तरिक पर्यटकको चहलपहल वृद्धि हुन थालेको अतिथि सामुदायिक होमस्टे बागलुङ भकुण्डेका अध्यक्ष  खिमबहादुर थापा बताउँछन । ‘यो सामुदायिक होमस्टे पनि प्रदेश सरकारबाट हालसम्म ३० लाख रुपैयाँ अनुदान पाएको छ । यस वर्ष पनि छनोट भएको छ, १० लाख रुपैयाँको सम्झौता ग¥यौं, अतिथि सत्कार सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष थापाले भने,‘अघिल्ला वर्ष आएको अनुदानले पदमार्ग, सामुदायिक भवन लगायतका पुर्वाधार निर्माणमा काम गरियो यस वर्ष निर्माणाधिन अवस्थामा रहेको क्या. रुद्रमान गुरुङ स्मृति पार्क निर्माणको काम गर्नुपर्ने छ ।’ उनले जिल्लाकै पहिलो होमस्टेलाई अब देशकै नमुना होमस्टेका रूपमा विकसित गर्ने गरी काम भइरहेको बताए । 

अनुदानको रकम पुर्वाधार निर्माण गर्नुपर्ने
 होमस्टे गाउँलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण र पर्यटकीय महत्वका विषयमा अनुदानको रकम खर्च गर्न मिल्ने कार्यविधिमा उल्लेख छ । । होमस्टे व्यवस्थापन समितिले हस्तकला केन्द्र, कोसेली घर, सौगात गृह, सांस्कृतिक संग्रहालय, सार्वजनिक पुस्तकालय, पार्क र उद्यान, भ्युटावर बनाउन प्रवेशद्वार, पदमार्ग¸ ढुंगेमार्ग बनाउन यो रकम खर्च गर्न सक्नेछन् । 

कम्तीमा ५ घरधनीले सामूहिक रूपमा सञ्चालन गरेको होमस्टेलाई सामुदायिक ग्रामीण होमस्टे, ग्रामीण तथा सहरी क्षेत्रमा निजी स्तरमा सञ्चालित होमस्टेलाई निजी होमस्टेका रूपमा रहनेछन । ग्रामीण तथा सामुदायिक होमस्टे सञ्चालन गर्न पाहुनाका लागि छुट्टै १ कोठाको व्यवस्थापन गरी न्यूनतम २ बेड भएको राख्नुपर्ने प्रावधान छ । घरायसी र वातावरणीय सरसफाइको राम्रो व्यवस्था हुनुका साथै शौचालय र बाथरुपको पनि अनिवार्य व्यवस्था हुनुपर्ने होमस्टे सञ्चालन कार्यविधिले व्यवस्था रहेको कार्यालय प्रमुख गिरीले बताए । सामुदायिक होमस्टे सञ्चालनका लागि कम्तीमा १ सामुदायिक भवन अनिवार्य हुनुपर्ने व्यवस्था छ ।