मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३० सोमबार
  • Monday, 15 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ३० सोमबार १९:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभाको उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ३० सोमबार १९:२६:oo

कार्तिक १७ गतेलाई तोकिएको रूपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रमहरू रद्द भएको छ।

प्रतिनिधिसभा विघटन गरी नयाँ प्रतिनिधिसभाको निर्वाचनका लागि मिति तोकिएकाले आयोगले उपनिर्वाचनसम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गर्ने निर्णय गरेको हो।

‘...सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट प्रतिनिधिसभाको विघटन गरी मिति २०८२/११/२१ गते बिहीबारका दिन नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकिएकाले रूपन्देही जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचनसम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गर्ने’ आयोगको आइतबार बसेको बैठकको निर्णयमा भनिएको छ।