१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ८ शनिबार
  • Saturday, 05 July, 2025
२o७८ माघ ८ शनिबार o८:२७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मृत्यु भइसकेका १९ वृद्धवृद्धाको नाममा सामाजिक सुरक्षाभत्ता निकासा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ ८ शनिबार o८:२७:oo

बराहपोखरी गाउँपालिकामा सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता भएको छानबिन समितिले प्रतिबेदन सार्वजनिक गरेको छ । गाउँपालिका उपप्रमुख गोमादेवी मगरको संयोजकत्वमा गठन गरिएको छानबिन समितिले पहिल्यै मृत्यु भइसकेका, हुँदै नभएका, बसाइँ सरेर अन्यत्र गइसकेका वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिले पाउने सामाजिक सुरक्षाभत्तामा अनियमितता भएको  तथ्य सार्वजनिक गरेको हो ।  

लगत कट्टा नगरी सामाजिक सुरक्षाभत्ता निकासा गर्ने काम भइरहेको भन्दै उजुरी परेपछि २०७६ कात्तिक पहिलो साता बसेको गाउँ कार्यपालिकाको बैठकले उपप्रमुख मगरको संयोजकत्वमा सानविन समिति गठन गरिएको थियो । मृत्यु दर्ता, बसाई सराई लगायत सम्वन्धी तथ्यांकको काम चुस्तदुरुस्त नराखी वडा नं.–१ बराहपोखरीले ३३ जनाको नाममा निरन्तर सामाजिक सुरक्षा भत्ता निकासा गरिरहेको भन्दै छानबिनका लागि कात्तिकमा उजुरी परेको थियो ।

गाउँपालिकाका ६ वटै वडाको सामाजिक सुरक्षाभत्ता दुरुपयोगका विषयमा अध्ययन गरेर ३५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको छानबिन समितिले व्यापक अनियमितता देखिएको प्रतिवेदन २०७६ मंसिर -१७ गते  गाउँपालिका समक्ष बुझाएको थियो । हालसम्म गुपचुप राखिएको सो प्रतिवेदन सार्वजनिक गर्नुपर्ने चौतर्फी दवाव सिर्जना भएपछि गाउँपालिकाले १० औँ गाउँसभामा सामाजिक सुरक्षाभत्ता अनियमितता सम्वन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरेको हो । 

उपप्रमुख मगरले गाउँसभामा वाचन गरेर सुनाएको प्रतिबेदनमा कुन वडामा, कति बजेट चुहावट भए भन्ने तथ्याङ्क भने खुलाइएको छैन । सामाजिक सुरक्षाभत्तामा भएको अनियमितता छानबिनका लागि अख्तियारले कागजात मगाएपछि गाउँपालिकाले २७ फागुन २०७६ मा सो सम्बन्धी कागजात बुझाएको थियो । 

स्वयं गाउँपालिकाका कर्मचारी अख्तियारमा पुगेर ७६७७ एल २९११२ नम्बरमा आवश्यक कागजात दर्ता गराएर फर्किएका थिए । ५० जनाभन्दा बढीको हस्ताक्षर भएको उजुरीमा वडाका मृत्यु भइसकेका १९ वृद्धवृद्धा, मृत्यु भइसकेका ६ विधुवा र बसाइँ सरिसकेका ३ जनाको नाममा सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको उल्लेख छ ।

यता, साकेला गाउँपालिकाले भने सामाजिक सुरक्षाभत्ता वितरण पादर्शी बनाएको छ । यसअघिसम्म कर्मचारीले वितरण गर्दै आएको सामाजिक सुरक्षाभत्तामा चरम अनियमितता भएको पाएपछि बैंकिङ प्रणालीमार्फत वितरण गरेर पादर्शी बनाएको हो । 

साकेला गाउँपालिकाले एसबिआई बैङ्कमार्फ सबै वडामा शिविर सञ्चालन गरेर सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आएको छ । भुक्तानी शिविर मार्फत ४६२ जनालाई उनीहरुको टोलमै लगेर सामाजिक सुरक्षाभत्ता वितरण गरिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख डिएम चाम्लिङ राईले जानकारी दिए । 

गाउँपालिकामा चालु आर्थिक वर्ष २०७८/०७९ मा दोस्रो त्रैमासिक किस्ता पाउने लाभग्राहीको संख्या एक हजार २११ रहेको छ । उनीहरुका लागि रु एक करोड १३ लाख ५६ हजार ९०७ रकम निकासा भएको थियो ।