Skip This
कर्मचारी समायोजन र लोकसेवा परीक्षासँग सम्बन्धित २५ मुद्दा हेर्दाहेर्दैमा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ ७ शुक्रबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ ७ शुक्रबार १४:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्मचारी समायोजन र लोकसेवा परीक्षासँग सम्बन्धित २५ मुद्दा हेर्दाहेर्दैमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ ७ शुक्रबार १४:३o:oo

सर्वोच्च अदालतले कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित मुद्दाहरू हेर्दाहेर्दैमा राखेको छ। सर्वोच्चका अनुसार लोकसेवालगायतलाई विपक्षी बनाइएका २५ मुद्दाको सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा राखिएको हो। 

शिवहरि दाहाल, अनमोल भट्टराई, इन्द्रकमल सिवाकोटीलगायतले दायर गरेका मुद्दाहरूको सुनुवाइ न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलासमा भइरहेको छ।

सर्वोच्चले कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित सबै मुद्दालाई एकै मुद्दाको रूपमा (लगाउ) राखेर सुनुुवाइ गर्न आदेश दिएको थियो। यससँगै २९ पुसबाट एकसाथ सुनुवाइ सुरु भएको थियो। २९ पुषमा हेर्दाहेर्दैमा राखिएको मुद्दाको आजका लागि सुनुवाइ तोकिएको थियो।