१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १३:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

फ्रान्समा पछिल्लाे २४ घन्टामा चार लाख ६४ हजारमा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:३४:oo

फ्रान्समा एकैदिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो केही दिनयता युरोपेली देशहरूमध्येकै सबैभन्दा बढी संक्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा चार लाखभन्दा बढीमा संक्रमित देखिएका छन् ।

फ्रान्सका सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा कम्तीमा पनि चार लाख ६४ हजार सात सय ७९ जनामा कोरोना संक्रमण  पुष्टि भएको हो । फ्रान्समा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन  फैलिएसँगै संक्रमितको संख्या दैनिक बढिरहेको अधिकरीहरूको भनाइ छ । फ्रान्सका स्वास्थ्यमन्त्रीले अहिले करिब चार हजारजना संक्रमित आइसियूमा भर्ना भएका बताएका छन् । 

फ्रान्समा अस्पतालका करिब ७० प्रतिशत बेडहरू कोभिडका बिरामीले भरिएका बताइएको छ। युरोपमा पछिल्लो समयमा दिन प्रतिदिन कोभिडका संक्रमित बढेका छन् । फ्रान्सबाहेक अन्य युरोपेली मुलुकहरू बेलायत, इटाली, ग्रिस, पोर्चुगललगायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा संक्रमित भेटिएका छन् ।

युरोपमा खासगरी क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसको जमघट बढेकाले कोरोना तीव्र रूपमा फैलिएको बताइएको छ । रासस

ad
ad