मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ ४ मंगलबार
  • Sunday, 13 July, 2025
२o७८ माघ ४ मंगलबार १९:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आयोजकले बोलाएको कलाकार नआएपछि महोत्सव स्थल तोडफोड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ ४ मंगलबार १९:२४:oo

सुनसरीको बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी भएको छ। दर्शकको भिडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको छ। आयोजकले बोलाएको कलाकार नआएपछि बर्जु तालको छेउमा लगाइएको महोत्सव स्थलमा कार्यक्रम हेर्न पुगेका दर्शकको भिडले तोडफोड गरेको हो।

महोत्सव आयोजकले कार्यक्रम स्थलमा आजको लागि भोजपुरी कलाकार खेसरीलालको प्रस्तुति तय गरेको थियो। कार्यक्रममा कलाकार नआएपछि आक्रोशित बनेको भिड तोडफोड र आगजनीमा उत्रिएका थिए। तोडफोडमा उत्रिएकाहरूले चारवटा भारतीय सवारीसाधनमा पनि आगजनी भएको छ। भिड अनियन्त्रित बनेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सुनसरी प्रहरीले जनाएको छ।

कार्यक्रमका लागि आएका भारतीय कलाकारलाई प्रशासनले विराटनगरमै रोकेपछि कार्यक्रम हेर्न भेला भएको भिड तोडफोडमा उत्रिएको हो। पुस २३ गतेबाट महोत्सव सञ्चालनको इजाजत दिएको प्रशासनले कोरोना संक्रमण बढ्न थालेसँगै २७ गते महोत्सव बन्द गर्न परिपत्र गरेको थियो। प्रशासनको निर्देशन बेगर आयोजकले भारतीय कलाकारको प्रस्तुति तय गरी टिकट बिक्री गरेको थियो।

सुनसरी प्रशासनले कोरोनाका कारण महोत्सव रोक्न भनिएकोमा आयोजकले अटेर गरेका कारण कलाकार हेर्न उर्लिएको भिड आक्रोशित बन्दा पछिल्लो घटना सिर्जना हुन पुगेको बताएको छ।