१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ४ मंगलबार
  • Sunday, 29 September, 2024
एजेन्सी नयाँ दिल्ली
२o७८ माघ ४ मंगलबार १८:४१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

एक दशकमा १० खर्ब डलरको आइटी निर्यात गर्न आग्रह

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
नयाँ पत्रिका नयाँ दिल्ली
२o७८ माघ ४ मंगलबार १८:४१:oo

भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलले भारतका ठूला आइटी कम्पनीहरूलाई एक दशकमा १० खर्ब अमेरिकी डलरबराबरको सूचना प्रविधि निर्यात वृद्धिमा सरकारले सहयोग गर्ने बताएका छन् । उनले गत वर्ष ४ खर्बबराबरको निर्यात हुन सफल भएको भन्दै यो वर्ष पनि कम्तीमा अढाई खर्ब डलरबराबरको निर्यात हुने दाबी गरेका छन् ।

‘१० खर्ब डलरको महत्वाकांक्षामा हामी हिँड्नुपर्छ । यो सम्भव छ’ गोयलले सूचना प्रविधिसम्बन्धी उद्योगीहरूसँग भनेका छन्, ‘१० खर्ब डलरभन्दा बढीको निर्यात गर्ने गरी तपाईंहरूअघि बढ्नुभयो भने सरकार खुसी हुनेछ । सरकारको यसका लागि भरपुर सहयोग र साथ हुनेछ ।’ उनले तीनवटा आइटी हब सहर स्थापनाका लागि सरकारले सम्पूर्ण पूर्वाधार र सुविधा उपलब्ध गराउने पनि आश्वासन दिएका छन् ।

भारतबाट सेवा क्षेत्रको निर्यातमा आइटी उद्योगले ठूलो योगदान गरेको चर्चा गर्दै मन्त्री गोयलले नयाँ प्रविधि र उत्पादनले भारतलाई विश्वमा सूचना प्रविधिको ठूलो खेलाडी बनाउन सफल हुने पनि बताएका छन् । उनले हाइटेक उत्पादनमा जोड दिएका छन् र यसका लागि सरकारले गर्न सक्ने सहयोगका लागि तयार रहेकोमा जोड दिएको बिजनेस स्ट्यान्डर्डले जनाएको छ । डिपार्टमेन्ट फर प्रमोसन अफ इन्डस्ट्री एन्ड इन्टर्नल ट्रेडले समन्वय गर्ने उनको भनाइ थियो । 

उद्योगीहरूसँग भर्चुअल बैठकलाई गोयलले आइतबार सम्बोधन गरेका थिए । बैठकमा उद्योगीहरू नासकमका अध्यक्ष देवजानी घोष, इन्फोसेसका सिइओ सलिल परेख, टेक महिन्द्राका सिइओ तथा एमडी सिपी गरनानी, एमफेसिसका सिइओ नितिन राकेश, विप्रोका अध्यक्ष रिसाद प्रेमजी, जिनप्याक्टका सिइओ एनभी त्यागाराजन, डब्लुएनएस ग्लोबल सर्भिस ग्रुप सिइओ केशब आर मुरुगेस, टाटा कन्सल्टेन्सी सर्भिसेसका अध्यक्ष कृष्णन रामानुजमलगायत सहभागी थिए ।