Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ४ मंगलबार १३:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देशभर ३६५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ४ मंगलबार १३:१३:००

देशभर तीन सय ६५ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो १५ दिनयता स्वास्थ्यकर्मी संक्रमित हुने क्रम बढेको छ।

संक्रमित स्वास्थ्यकर्मीमध्ये अधिकांश कोभिड– १९ का बिरामीको उपचारमा खटिनेहरू छन्। उनीहरूमध्ये केहिलाई नयाँ भेरियन्ट ओमिक्रोन पनि देखिएको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमण बढ्न थालेपछि स्वास्थ्यकर्मीमा पनि जोखिम बढेको छ।

स्वास्थ्य संस्थाहरूमा कोभिडका बिरामीको संख्या बढेकाले पनि स्वास्थ्यकर्मीहरू संक्रमित हुने क्रम बढेको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए। उनका अनुसार संक्रमितमध्ये उपचार, खोप, स्वाब परीक्षणलगायतमा खटिने स्वास्थ्यकर्मीहरू छन्। ‘पछिल्ला १७ दिनयता मात्रै तीन सय ६५ स्वास्थ्यकर्मी संक्रमित भए। हामीले स्वास्थ्यकर्मीलाई थप सावधानी अपनाएर काम गर्न आग्रह गर्दै आइरहेका छौँ,’ उनले भने।