Skip This
मृत्युपश्चात् मानव अंग दान गर्ने परिवारलाई दुई लाख दिने निर्णय
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ९ आइतबार
  • Sunday, 24 November, 2024
२o८१ मङ्सिर ९ आइतबार १७:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

मृत्युपश्चात् मानव अंग दान गर्ने परिवारलाई दुई लाख दिने निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ९ आइतबार १७:o७:oo

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युपश्चात मानव अंग दान गर्ने दाताका परिवारलाई दुई लाख सहयोग गर्ने निर्णय गरेको छ । यसअघि परिवारलाई एक लाख दिने गरिएकोेमा बढाएर दुई लाख पुर्याउने निर्णय भएको हो । 

अंगदान गरेका व्यक्तिको परिवारलाई मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख दिइँदै आइएको थियो । परिवारलाई दिइने पैसा थपका लागि अर्थ मन्त्रालयले आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको जनाइएको छ । स्वास्थ्य मन्त्रालयको आन्तरिक श्रोतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने गरी निर्णय गरिएको स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बताएका छन् । 

यस्तै, अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजारमामा मन्त्रालयले २५ हजार थप गरेर ७५ हजार पुर्याएको छ । मन्त्री पौडेलले पनि मृत्युपश्चत अंगदानको घोषणा गरिसकेका छन् । उनले भनेका छन्, ‘आफ्नो मृत्यपुपछि अरुको जीवन बचाउन चाहनेलाई प्रोत्साहन गर्न खोजेका हौ । एउटाको जीवनपछि अरुको जीवन बचाउने कार्यमा यस निर्णयले व्यापकता पाउने आशा गरेका छौं ।’

हाल प्रतिवर्ष  मिर्गाैला प्रत्यारोपणका लागि एक हजार र कलेजो प्रत्यारोपणका लागि ५५ जनाले मानव अंग प्रत्यारोपण केन्द्रमा नाम टिपाउने गरेका छन् । तर, मस्तिष्क मृत्युपश्चात अंगदान गर्ने व्यक्ति निकै कम भएकाले हजाराैं बिरामी अंगको प्रतिक्षामा छन् । 

विद्यमान कानूनी व्यवस्थाअनुसार जीवित रगतको नाता पर्ने बाहेकले अंगदान गर्न पाउँदैनन् । तर, मृत्युपश्चात दान दिने गरी अंगदान गर्न पाउने व्यवस्था छ ।

भक्तपुरको सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले देशमा वर्षेनी दुई सय मिर्गाैला तथा २० जनाको कलेजो प्रत्यारोपण गर्दै आएको छ । यो कुल अंग प्रत्यारोपणको झण्डै ७० प्रतिशत हो । वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालसँगै केही निजी अस्पतालले समेत अंग प्रत्यारोपण गर्दै आइरहेका छन् ।