Skip This
ऋषभ पन्त कीर्तिमानी मूल्यमा बिक्री
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ९ आइतबार
  • Sunday, 24 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ९ आइतबार १७:४३:oo
Read Time : < 1 मिनेट
खेलकुद

ऋषभ पन्त कीर्तिमानी मूल्यमा बिक्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ९ आइतबार १७:४३:oo

भारतीय क्रिकेट टोलीका विकेट किपर तथा ब्याटर ऋषभ पन्त इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासकै सबैभन्दा महँगो खेलाडी बनेका छन्। 

आइतबार साउदी अरेबियाको जेद्दाहमा भएको अक्सनमा पन्तलाई लखनउ सुपर जायन्टले २७ करोड भारुमा खरिद गरेको छ। यस्तै, आइपिएलमा दोस्रो मंहँगो खेलाडी श्रेयस अय्यर बनेका छन्। उनलाई पञ्जाव किङ्सले २६ करोड ७५ लाख भारुमा किनेको हो। 

यस्तै, युजवेन्द्र चहललाई पञ्जाबले नै १८ करोड भारुमा किनेको छ। 

यसअघि आइपिएल सन् २०२३ मा अस्ट्रेलियाका मिचल स्टार्क २४.७५ करोडमा खरिद भएका थिए। अक्सनमा प्याट कमिन्स २०.५ करोडमा बिक्री भएका हुन्। 

यस सिजनको आइपिएल १४ मार्चदेखि २५ मेसम्म हुनेछ। १० टिम सहभागी लिगमा ७४ खेल हुनेछन्। गत सिजन हैदराबादलाई हराउँदै कोलकाता च्याम्पियन बनेको थियो।