मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ८ शनिबार
  • Saturday, 23 November, 2024
कमलराज भट्ट काठमाडाैं
२o८१ मङ्सिर ८ शनिबार o६:३५:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ह्याकरको आक्रमणपछि बिहीबारदेखि पासपोर्ट सेवा बन्द

एकीकृत डाटा व्यवस्थापन केन्द्रमा कम्प्युटरको जाँच, पूर्ण रूपमा सुरक्षित भएपछि सेवा सञ्चालनमा आउने, आइतबारसम्म सेवा सुरु गर्ने विभागको तयारी

Read Time : > 1 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर ८ शनिबार o६:३५:oo
राहदानी विभागले दैनिक ६ हजारहाराहारी राहदानी वितरण गर्दै आएको छ । त्रिपुरेश्वरस्थित विभागबाट दैनिक औसत १५ सय र बाँकी जिल्ला तथा नियोगबाट राहदानी सेवा प्रवाह हुँदै आएको छ । सेवा प्रभावित भएपछि सेवाग्राही मर्कामा परेका छन् । विदेशस्थित कतिपय नेपाली नियोगले डिजिटल प्रणालीमा आएको समस्याका कारण सेवा दिन नसक्ने भन्दै सूचना नै जारी गरेका छन् । 

 

ह्याकरको आक्रमणबाट सिस्टममा भाइरस प्रवेश गरेपछि राहदानी (पासपोर्ट) सेवा प्रभावित भएको छ । यससँगै राहदानी विभागले डिजिटल माध्यमबाट राहदानी बनाउने तथा वितरण गर्ने प्रक्रिया बन्द गरेको छ ।

जिल्ला र विदेशस्थित नियोगबाट सेवा दिइरहेको कम्प्युटरमा ¥यान्सम वेयर भनिने भाइरसबाट आक्रमण भई फाइल करप्ट गर्ने र पैसा माग्ने स्थिति आएपछि अनलाइन सेवा बन्द गरिएको महानिर्देशक तीर्थराज अर्यालले बताए । अर्यालका अनुसार ललितपुरसहित केही जिल्ला र नियोग गरी ११ वटा कम्प्युटरमा समस्या देखिएको छ ।

भाइरसको समस्या देखिएका ११ कम्प्युटरको एकीकृत डाटा व्यवस्थापन केन्द्रमा बिहीबारदेखि जाँच भइरहेको छ । ‘बिहीबारदेखि डाटा सेन्टरमा कम्प्युटर जाँच भइरहेको छ । शनिबार पनि जाँच हुन्छ,’ महानिर्देशक अर्यालले भने, ‘फाइनल सेक्युरिटी जाँच भइसकेपछि सेवा सञ्चालनमा ल्याउँछौँ ।’

विभागका अनुसार केन्द्रीय प्रणालीभन्दा पनि स्थानीय प्रणालीमा समस्या देखिएपछि सतर्कताका लागि सट डाउन गरिएको हो । ‘जुन ठाउँमा इन्फेक्ट भयो, त्यहाँ सेवा अवरोध भइहाल्यो । अन्त पनि इन्फेक्ट गर्न सक्छ भनेर सतर्कता अपनाएर सट डाउन ग¥यौँ,’ महानिर्देशक अर्याल भन्छन् ।

अर्यालले विभागको केन्द्रीय प्रणालीलाई नै केन्द्रित नगरेकाले सुरक्षाका उपाय अपनाएर शीघ्र सेवा पुनः सञ्चालनमा ल्याउने आफूहरूको प्रयत्न रहेको बताए । ‘हामीलाई नै टार्गेट गरेको देखिएन । विभागमा चाहिँ छैन । विभागबाहिर जिल्ला र नियोगमा समस्या हो । तर, कहाँबाट भाइरस आयो भन्ने ट्र्याक नगरेसम्म समस्या नै छ,’ उनले भने । जिल्ला र नियोगमा भने सेवा सञ्चालन हुन केही समय लाग्ने उनको भनाइ छ ।

राहदानी विभागले आइतबारदेखि क्रमशः राहदानी सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ । ‘सिस्टममा डिस्टर्बेन्स आएपछि थप जोखिमलाई आकलन गरेर अनलाइन सेवा बन्द गरी सतर्कता अपनाएका हौँ । विभागबाट केही फर्म लिने अफलाइन काम भइरहेको छ । पूर्ण रूपमा सेवा सञ्चालन हुन अझै एक–दुई दिन लाग्छ,’ महानिर्देशक अर्यालले भने ।

राहदानी विभागले दैनिक ६ हजारहाराहारी राहदानी वितरण गर्दै आएको छ । त्रिपुरेश्वरस्थित विभागबाट दैनिक औसत १५ सय र बाँकी जिल्ला तथा नियोगबाट राहदानी सेवा प्रवाह हुँदै आएको छ । सेवा प्रभावित भएपछि सेवाग्राही मर्कामा परेका छन् । विदेशस्थित कतिपय नेपाली नियोगले डिजिटल प्रणालीमा आएको समस्याका कारण सेवा दिन नसक्ने भन्दै सूचना नै जारी गरेका छन् ।