मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ८ शनिबार
  • Saturday, 23 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ८ शनिबार o८:५३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्बपति एलन मस्कसँग प्रधानमन्त्रीको संवाद

नेपालमा स्याटेलाइट इन्टरनेट नेटवर्क सञ्चालन गर्न मस्कको चासो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ८ शनिबार o८:५३:oo

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार विश्वका धनाढ्य व्यक्तित्व एलन मस्कसँग भर्चुअल माध्यमबाट संवाद गरेका छन् । प्रधानमन्त्रीको फेसबुक पेजमार्फत यसको जानकारी सार्वजनिक भएको हो ।

फेसबुक पेजमा पोस्ट गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिले एलन मस्कसँग कुरा गरिरहेको छु ।’ मस्कको कम्पनी स्पेसएक्सले नेपालमा स्टारलिंक स्याटेलाइट इन्टरनेट सर्भिस निर्माणमा काम गरिरहेको छ ।

गत वर्ष स्पेस एक्सले सरकारी स्वीकृति लिनका लागि नेपाली अधिकारीसमक्ष स्याटेलाइट नेटवर्कसम्बन्धी प्रस्तुति पनि गरेको चर्चा भएको थियो । यद्यपि, यसको आधारिक पुष्टि हुन सकेको छैन । नेपालमा स्पेसएक्सले स्याटेलाइट इन्टरनेट सञ्चालनको अनुमति लिन आवेदन दिए पनि विद्यमान कानुन बाधक रहेको बुझिएको छ ।