मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ ३ सोमबार १९:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पार्टी र जनसंगठनका कार्यक्रम स्थगित गर्न एमालेको सर्कुलर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ ३ सोमबार १९:१६:००

नेकपा (एमाले) कोभिड–१९ संक्रमणलाई ध्यानमा राखी २५ जनाभन्दा बढीको उपस्थिति रहने गरी पार्टी तथा जनसंगठनका कार्यक्रमलाई स्थगित गर्न निर्देशन दिएको छ । 

पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्मनाथ अधिकारीले आज प्रदेश र सबै जिल्ला कार्यालयलाई आन्तरिक सर्कुलर जारी गर्दै कोरोना भाइरसको महामारीलाई दृष्टिगत गर्दै कोभिड–१९ को तेस्रो लहरसम्बन्धी सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्डलाई पालना गरी कार्यालय सञ्चालन गर्नसमेत निर्देशन दिए । 

यस्तै, पार्टीका आन्तरिक बैठक, भेला, छलफलजस्ता कार्यक्रम आवश्यक सतर्कता अपनाउँदै आयोजना गर्न र पार्टीका स्थानीय कमिटी, नेता–कार्यकता र जनप्रतिनिधि कोभिड–१९ को महामारीविरुद्ध आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा सक्रिय रहन पनि सर्कुलरमा भनिएको छ ।